back
CTIZAN AD

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

वि.सं.२०८३ साउन २ शनिवार

264 

shares

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन, नेतृत्व र सफलताबारे महत्त्वपूर्ण सन्देश दिँदै एकैपटक धेरै लक्ष्य पछ्याउँदा सफलता भन्दा समस्या बढ्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले कम्प्युटरको उदाहरण प्रस्तुत गर्दै जीवन र नेतृत्वमा पनि प्राथमिकता निर्धारणको महत्त्व औँल्याएका हुन्।

उनले लेखेका छन्, “कम्प्युटर चलाउन सिकिरहेका नयाँले बुझ्नुपर्छ— एकै पटक धेरै प्रोग्राम, ब्राउजर ट्याब र एप्स खोल्दा कम्प्युटर ह्याङ हुन्छ, ढिलो हुन्छ र अन्ततः कामै रोकिन्छ।”

भण्डारीका अनुसार जीवन र नेतृत्व पनि यही सिद्धान्तमा चल्छ। एकैचोटि सबै काम सम्पन्न गर्ने प्रयास गर्दा मानिसको सोच, समय र ऊर्जा अत्यधिक दबाबमा पर्ने भएकाले अपेक्षित परिणाम प्राप्त हुन नसक्ने उनको भनाइ छ।

उनले “एकैचोटि सबै काम गर्छु भन्ने सोचले दिमाग र ऊर्जा दुवै ओभरलोड हुन्छन्। त्यसले न गति दिन्छ, न परिणाम,” भन्दै सफलताको वास्तविक सूत्र भनेको प्राथमिकता छुट्याएर योजनाबद्ध रूपमा अघि बढ्नु रहेको उल्लेख गरेका छन्।

वि.सं.२०८३ साउन २ शनिवार १३:४० मा प्रकाशित

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...