back
CTIZAN AD

योग साधनासँगै नव वर्षको शुभकामनासँगै निजत्वको नियात्रा’ पुस्तक लोकार्पण

वि.सं.२०८३ वैशाख १ मंगलवार

1.8K 

shares

काठमाडाैँ । काठमाण्डौंको चण्डोलस्थित विशाल मिलन वैज्ञानिक योग साधना कक्षमा आज बिहान विशेष कार्यक्रमको आयोजना गरिएको छ। नियमित सामूहिक योग साधनापछि योग साधकहरूबीच नव वर्ष २०८३ को उपलक्ष्यमा आपसी शुभकामना आदानप्रदान गरिएको हो।

उक्त अवसरमा योग साधक डा. विज्ञानभिक्षुद्वारा लिखित तथा मकालु ग्रुप अफ कम्पनी प्रा.लि.द्वारा हालै प्रकाशित पुस्तक ‘निजत्वको नियात्रा’ को पनि लोकार्पण गरिएको छ।

पुस्तकको लोकार्पण ८६ वर्षीया आमा शक्तिदेवी आचार्य, गुरु डा. दीपक आचार्य, ८१ वर्षीय योग साधक इन्द्रबहादुर अधिकारी, वरिष्ठ सञ्चारकर्मी धन लामा तथा लेखक डा. विज्ञानभिक्षु स्वयंले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रमको सञ्चालन तथा पुस्तक समीक्षा योग साधिका वन्दना थापाले गरेकी थिइन्।

लेखक डा. विज्ञानभिक्षु बहुआयामिक व्यक्तित्वका धनी मानिन्छन्। उनी साहित्यकार, कवि, अनुवादक, दार्शनिक, गीतकार तथा गायकका रूपमा समेत परिचित छन्। उनका नेपाली र अंग्रेजी भाषामा विभिन्न कृतिहरू यसअघि नै प्रकाशित भइसकेका छन्।

कार्यक्रममा सहभागीहरूले नव वर्ष २०८३ को अवसरमा सबैको समुन्नति, आरोग्यता र प्रगतिको कामना गर्दै शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक स्वास्थ्य लाभको शुभेच्छा व्यक्त गरेका छन्।

वि.सं.२०८३ वैशाख १ मंगलवार १५:१३ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...