back
CTIZAN AD

सुसेली : नयाँ वर्षको शुभकामना !

वि.सं.२०८२ चैत २८ शनिवार

1.4K 

shares

दुर्गा अधिकारी भमरकोटे, कपन

हाम्रो माझमा
झुल्क्यो साल त्रियासी
शुभकामना !१

हैनन् बहाना
सुख शान्ति समृद्धि
हाम्रो चाहाना ।२

जन चाहना
शिक्षा स्वास्थ सुरक्षा
पुगोस् कामना ।३

यसै वर्षमा
दिन बितुन् सबैका
हर्षै हर्षमा ।४

छैन विकास
नेपाल सरकार
देऊ निकास ।५

बाटो पानीको
गर्नुपर्छ विकास
राम्रो बानीको ।६

व्यर्थ नजुधौँ
सबैकुरा पैसा हो
भन्ने नबुझौं ।७

देश चाहिन्छ
धनले आमा किन्न
कहाँ पाइन्छ ?८

खानु धर्मले
संसारनै जितिन्छ
राम्रो कर्मले ।९

माला गाँसेर
नयाँ बर्ष स्वागत
गरौं हाँसेर ।१०

वि.सं.२०८२ चैत २८ शनिवार ०८:३१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...