back
CTIZAN AD

गजल

वि.सं.२०८२ चैत २८ शनिवार

1.3K 

shares

एकनारायण चापागाईं,दाङ -घोराही

कतै प्यासी कतै प्याला रहेछ
अझै बोत्तल यहाँ आधा रहेछ

छ के के साहुनी ल्याऊ भनेको
पिरो चटनी सितन माछा रहेछ

नजरलाई रहन्छौ खुब मलाई
कसम तिम्रो त्यही पारा रहेछ

बुझे पो जिन्दगीमा रम्नलाई
यहाँ बाँच्ने कला आशा रहेछ

सधैँ सोच्थेँ निकै बाँच्ने छु भन्दै
गरेको कालले कब्जा रहेछ

बहर : हजज मुसद्दस महजुफ
अर्कान : मुफाईलुन् , मुफाईलुन् , फऊलुन्
वजन : १२२२ – १२२२ – १२२
काफिया : आ (स्वर)
रदिफ : रहेछ
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८२ चैत २८ शनिवार ०८:२९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...