back
CTIZAN AD

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

वि.सं.२०८३ साउन २८ बिहीवार

15 

shares

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यालयले इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न पर्यटन व्यवसायी तथा सरोकारवालालाई निर्देशन दिएको छ।

कार्यालयले बिहीबार सूचना जारी गर्दै आफ्नो कार्यक्षेत्रभित्रका विभिन्न पर्यटकीय गन्तव्य, पदमार्ग तथा पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई टुर, ट्रेकिङ, पदयात्रा, र्‍याफ्टिङलगायतका गतिविधिमा सहभागी गराउँदा इजाजतपत्र नलिएका व्यक्ति तथा विदेशी नागरिकसमेत गाइडका रूपमा संलग्न भई सेवा दिने गरेको गुनासो तथा जानकारी प्राप्त भएको जनाएको छ।

पर्यटकको सुरक्षा, सेवाको गुणस्तर, व्यावसायिक मर्यादा, उत्तरदायित्व तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न यस्तो निर्देशन दिइएको कार्यालयले जनाएको छ। सूचनाअनुसार पर्यटन व्यवसायी, ट्राभल तथा ट्रेकिङ व्यवसायी, होटल तथा होमस्टे सञ्चालक, गाइडलगायतले पर्यटकलाई टुर, ट्रेकिङ, पदयात्रा, र्‍याफ्टिङ वा अन्य पर्यटकीय गतिविधिमा सहभागी गराउँदा सम्बन्धित निकायबाट इजाजतपत्र प्राप्त गाइडमार्फत मात्रै सेवा दिनुपर्नेछ।

त्यस्तै, पर्यटकलाई सेवा दिनुअघि गाइडको इजाजतपत्र, त्यसको वैधता तथा सम्बन्धित पर्यटकीय गतिविधि सञ्चालन गर्न पाउने अधिकार र योग्यता यकिन गर्ने जिम्मेवारी पर्यटन व्यवसायीको हुने कार्यालयले स्पष्ट पारेको छ। व्यवसायी तथा सेवा प्रदायकले पर्यटकको सुरक्षा, सुविधा र हितलाई प्राथमिकतामा राख्दै प्रचलित ऐन, नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्नेछ।

पर्यटकीय सेवा सञ्चालन गर्ने व्यवसायीले इजाजतपत्रप्राप्त गाइडमार्फत मात्रै सेवा सञ्चालन भएको सुनिश्चित गरी गाइडको विवरण र इजाजतपत्रसम्बन्धी आवश्यक अभिलेखसमेत व्यवस्थित रूपमा राख्नुपर्ने सूचनामा उल्लेख छ।

इजाजतपत्रविना गाइडका रूपमा काम गरेको वा गराएको पाइएमा सम्बन्धित व्यक्ति तथा व्यवसायीविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले चेतावनी दिएको छ। सूचनाको अवज्ञा गरी इजाजतपत्रविना गाइडमार्फत पर्यटकीय सेवा सञ्चालन गरे वा गराएमा त्यसबाट उत्पन्न हुने कानुनी, व्यावसायिक तथा अन्य सम्पूर्ण दायित्व सम्बन्धित व्यक्ति वा व्यवसायी स्वयंले व्यहोर्नुपर्ने कार्यालयले जनाएको छ।

प्रदेश पर्यटन कार्यालयले पर्यटन क्षेत्रलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उत्तरदायी तथा व्यावसायिक बनाउँदै पर्यटकको विश्वास अभिवृद्धि गर्न सबै पर्यटन व्यवसायी, गाइड तथा सरोकारवालालाई सूचनाको कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

वि.सं.२०८३ साउन २८ बिहीवार १२:१३ मा प्रकाशित

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...