back
CTIZAN AD

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

वि.सं.२०८३ साउन २८ बिहीवार

shares

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च कमाण्डरमाथि अमर्यादित तथा तथानाम अभिव्यक्ति दिनु अक्षम्य भएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी)माथि लगाएको आरोप र प्रस्तुत गरेको शैलीप्रति टिप्पणी गर्दै खरेलले यस्तो बताएका हुन्।

खरेलले अनुसन्धान र कानुनी प्रक्रिया पूरा नहुँदै प्रहरी तथा प्रशासनका उच्च अधिकारीलाई दोषीझैँ प्रस्तुत गर्ने प्रवृत्तिले संस्थागत मनोबलमा गम्भीर असर पार्ने बताएका छन्। उनले कहिले रातारात सिन्धुली पुगेर एसपीलाई कार्यालयबाटै नियन्त्रणमा लिएर काठमाडौं ल्याउने चेतावनी दिने, कहिले बेनामे उजुरीकै आधारमा गृहसचिव, आईजीपी र एआईजीपीलाई संसदीय समितिमा उभ्याएर प्रमाणअघि नै दोषीझैँ प्रस्तुत गर्ने तथा अनुसन्धान नसकिँदै बर्खास्त गर्नुपर्ने अभिव्यक्ति दिने शैलीले संसदीय निगरानीभन्दा संस्थामाथिको दबाब र सस्तो लोकप्रियताको आभास दिन थालेको उल्लेख गरेका छन्।

उनका अनुसार प्रहरी र कर्मचारी प्रशासनका लागि मनोबल महत्वपूर्ण हुन्छ। देश र जनताको सेवामा निष्ठापूर्वक खटिएका कर्मचारीलाई प्रोत्साहन गर्नुको सट्टा सार्वजनिक रूपमा अपमानित गर्ने प्रवृत्तिले संगठनको कार्यक्षमतामै असर पार्न सक्ने खरेलको भनाइ छ। देशका विभिन्न ठाउँमा कठिन परिस्थितिमा प्रहरीहरूले गरिरहेको सेवाबारे सामान्य ज्ञानसमेत नराखी प्रहरीको सर्वोच्च कमाण्डरलाई तथानाम गर्नु स्वीकार्य नहुने उनले बताएका छन्।

खरेलले निष्कर्ष नआउँदै सम्पूर्ण नेपाल प्रहरी संगठनलाई भ्रष्टाचारको पर्यायझैँ चित्रित गर्दा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रहरीको संस्थागत छविमाथि प्रश्न उठ्न सक्ने बताएका छन्। आरोप प्रमाणित हुने आधार भए सरकारले कानुनी प्रक्रियामार्फत अनुसन्धान गरी आवश्यक कारबाही गर्नुपर्ने, तर अनुसन्धानअघि नै सार्वजनिक रूपमा चरित्र हत्या गर्नु सुशासन र न्यायको अभ्यास नभएको उनको तर्क छ।

उनले प्रहरी महानिरीक्षक कार्कीले उठाएको ‘आखिर कस्ताबाट शासित भइरहेका छौं’ भन्ने प्रश्नसमेत स्वाभाविक रहेको बताएका छन्। दशकौँको सेवा र व्यावसायिक यात्रापछि जिम्मेवारीमा पुगेका प्रहरी अधिकारीको सम्पूर्ण करिअरलाई प्रमाणित निर्णयबिना सार्वजनिक आरोपकै आधारमा निष्कर्षमा पुर्‍याउनु न्यायसंगत नहुने खरेलको भनाइ छ।

लोकतन्त्रमा कडा प्रश्न उठाउनु आवश्यक भए पनि प्रश्न विधि, प्रमाण र संस्थागत मर्यादाभित्र रहेर उठाउनुपर्ने उनले बताएका छन्। सुशासन चर्को स्वर, उत्तेजक अभिव्यक्ति वा सार्वजनिक प्रदर्शनबाट नभई विधिको शासन, संस्थाप्रतिको सम्मान, प्रमाणमा आधारित जवाफदेहिता र जिम्मेवार राजनीतिक संस्कृतिबाट स्थापित हुने खरेलको धारणा छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई सुशासन, जवाफदेहिता र संस्थागत सुधारको पक्षधर दलका रूपमा प्रस्तुत गर्दै आएको भन्दै खरेलले सांसद खगेन्द्र सुनारको कार्यशैलीबारे पार्टीले स्पष्ट धारणा सार्वजनिक गरी आवश्यक स्पष्टीकरण माग्नुपर्ने बताएका छन्। आफ्नै सांसदको आचरण, अभिव्यक्ति र संसदीय मर्यादामाथि नियन्त्रण तथा उत्तरदायित्व सुनिश्चित गर्न नसके सुशासनको प्रतिबद्धता नारामै सीमित हुने उनको चेतावनी छ।

वि.सं.२०८३ साउन २८ बिहीवार १२:५४ मा प्रकाशित

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...