back
CTIZAN AD

एनआईसी एशिया बैंकद्वारा लिलाम सम्पत्तिको विवरणसहित अनलाइन पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ३ बिहीवार

513 

shares

काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेड ले आफ्ना बैंकिङ्ग तथा गैर–बैंकिङ्ग सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

बैंकका अनुसार उक्त पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थान पहिचान गर्न सकिने सुविधा उपलब्ध गराइएको छ। यसले सम्भावित खरिदकर्तालाई आवश्यक सम्पूर्ण जानकारी एकै ठाउँबाट प्राप्त गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

लिलाम सम्बन्धी सूचनामा समावेश गरिएको क्युआर कोड स्क्यान गरी प्रयोगकर्ताले सो पोर्टलमा प्रवेश गर्न सक्नेछन्। साथै, कुनै सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा सम्बन्धित विवरणमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर तथा ठेगाना उल्लेख गरी सिधै सम्पर्क गर्न सकिने व्यवस्था पनि गरिएको बैंकले जनाएको छ।

उक्त अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका लिलामयोग्य सम्पत्तिहरूको अद्यावधिक सूचना प्रकाशित गरिनेछ। यसबाट खरिद गर्न इच्छुक ग्राहकहरूले घरमै बसेर विस्तृत जानकारी प्राप्त गरी निर्णय लिन सहज हुने अपेक्षा बैंकले गरेको छ।

बैंकले डिजिटल माध्यमको प्रयोगमार्फत सेवा प्रवाहलाई अझ पारदर्शी, सरल र पहुँचयोग्य बनाउने लक्ष्यसहित यो प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ।

वि.सं.२०८३ वैशाख ३ बिहीवार १६:३९ मा प्रकाशित

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...