back
CTIZAN AD

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

वि.सं.२०८३ वैशाख ३ बिहीवार

459 

shares

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal मार्फत देशभरका अस्पतालमा उपलब्ध निःशुल्क शय्याको विवरण सार्वजनिक गरिएको छ। डिजिटल माध्यमबाट सेवा पहुँचलाई सहज, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सुरु गरिएको यस पोर्टलले नागरिकलाई आवश्यक जानकारी एकै स्थानबाट प्राप्त गर्न सहयोग पुर्‍याइरहेको छ।

पोर्टलमा उपलब्ध तथ्याङ्कअनुसार हाल देशभर कुल ५,९८४ शैय्या रहेकोमा १० प्रतिशत अर्थात् ६०० शैय्या निःशुल्क उपचारका लागि छुट्याइएको छ। तीमध्ये हाल १ शैय्या मात्रै प्रयोगमा रहेको देखिएको छ भने ५९९ शय्या अझै उपलब्ध छन्। यसले तत्काल उपचार आवश्यक परेका बिरामीहरूका लागि पर्याप्त निःशुल्क सेवा उपलब्ध रहेको संकेत गर्दछ।

पोर्टलमा प्रदेश तथा संस्थाअनुसार विवरण हेर्न सकिने सुविधा रहेको छ। प्रयोगकर्ताले आफू नजिकको अस्पतालमा उपलब्ध निःशुल्क शय्या सजिलै पत्ता लगाउन सक्नेछन्। उदाहरणका लागि Seti Zonal Hospital मा ३२ शैय्या (तर सरकारी पाेर्टलमा त्रुटीपूर्ण ३२० छ) रहेको देखिन्छ भने Nobel Medical College, Kathmandu Medical College लगायतका संस्थाहरूमा पनि पर्याप्त शय्या खाली रहेको जानकारी पोर्टलमा समावेश गरिएको छ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ। सोही प्रावधान कार्यान्वयन गर्न सरकारले विभिन्न स्वास्थ्य संस्थामार्फत निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ। यस पोर्टलले त्यस्ता सेवाको निगरानी र सूचना प्रवाहलाई थप व्यवस्थित बनाएको मन्त्रालयले जनाएको छ।

सरकारले डिजिटल प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवा व्यवस्थापनलाई आधुनिक बनाउँदै लैजाने लक्ष्य राखेको छ। यस पोर्टलको प्रभावकारी प्रयोगले बिरामी तथा सेवाग्राहीलाई समयमै उपचार प्राप्त गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ वैशाख ३ बिहीवार १६:३५ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...