back
CTIZAN AD

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

वि.सं.२०८३ वैशाख ११ शुक्रवार

552 

shares
काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग गरी कारोबारसम्बन्धी विवरण चुहावट गरेको भन्ने आरोपको खण्डन गरेको छ। पछिल्ला दिनमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा फैलिएको यस्तो प्रचारलाई बैंकले आधारहीन र भ्रामक भनेको छ।

बैंकद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कान्तिपुर दैनिक मा वैशाख ९ गते प्रकाशित समाचारमा ‘अनुसन्धानरत निकायबाट प्राप्त विवरण’ उल्लेख गरिएको भए पनि त्यसलाई बेवास्ता गर्दै बैंकमाथि आरोप लगाइएको भन्दै आपत्ति जनाएको छ।

बैंकले ग्राहकको विवरण कुनै पनि अवस्थामा अनधिकृत व्यक्ति वा निकायलाई उपलब्ध नगराइने स्पष्ट पारेको छ। ग्राहक स्वयं, आधिकारिक प्रतिनिधि वा कानूनी प्रक्रिया पूरा गरी माग गर्ने नियामक तथा अनुसन्धान निकायबाहेक अरू कसैलाई त्यस्तो सूचना नदिइने विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, बैंकको कोर बैंकिङ प्रणालीमा ग्राहकसम्बन्धी विवरण कसले, कहिले र कुन प्रयोजनका लागि हेरेको हो भन्ने सम्पूर्ण अभिलेख सुरक्षित रहने व्यवस्था रहेको जनाइएको छ।

बैंकले आफूमाथि लगाइएका आरोपहरू पूर्ण रूपमा गलत र नियोजित दुष्प्रचार भएको दाबी गर्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ। साथै, दुष्प्रचारमा संलग्न व्यक्तिमाथि विद्युतीय कारोबार ऐन, २०६३ लगायत प्रचलित कानूनअनुसार कारबाही अघि बढाइने चेतावनी दिएको छ।

चार दशकभन्दा बढीको अनुभवसहित सेवा दिँदै आएको बैंकले ग्राहक सूचनाको गोपनीयता कायम राख्नु आफ्नो प्रमुख दायित्व भएको उल्लेख गर्दै यस्ता भ्रमपूर्ण सूचनामा विश्वास नगर्न सबै सरोकारवालालाई अनुरोध गरेको छ।

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १५:५६ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...