back
CTIZAN AD

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

वि.सं.२०८२ चैत २४ मंगलवार

1.1K 

shares

काठमाडौं। स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने लक्ष्यसहित Vivo ले आफ्नो चर्चित भी सिरिज अन्तर्गत नयाँ मोडेल Vivo V70 सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो स्मार्टफोन विशेषगरी उच्चस्तरीय पोर्ट्रेट फोटोग्राफी र टाढाबाट स्पष्ट तस्विर खिच्न सक्ने क्षमतामा केन्द्रित छ।

नयाँ Vivo V70 मा ५० मेगापिक्सेलको जाइस सुपर टेलिफोटो क्यामेरा जडान गरिएको छ, जसले टाढाबाट खिचिएका तस्विरलाई पनि स्पष्ट र उच्च गुणस्तरमा कैद गर्न मद्दत गर्छ। ZEISS सँगको सहकार्यमा विकसित यो क्यामेराले कम प्रकाशमा पनि उत्कृष्ट नतिजा दिने कम्पनीको दाबी छ। स्टेज कार्यक्रम वा पोर्ट्रेट फोटो खिच्दा पनि यसले सूक्ष्म विवरण र स्पष्टता कायम राख्ने जनाइएको छ।

भी सिरिजमै पहिलोपटक यस फोनमा ४के ६० फ्रेम प्रति सेकेन्ड भिडियो रेकर्डिङ सुविधा दिइएको छ। एआई स्टेज मोडको सहयोगमा १ गुणादेखि २० गुणासम्म जूम गर्दा पनि अनुहारको स्पष्टता र साना विवरणहरू सुरक्षित रहने बताइएको छ। साथै, जाइस मल्टिफोकल पोर्ट्रेट र जाइस स्टाइल बोकेह जस्ता फिचरहरूले पोर्ट्रेट फोटोग्राफीलाई थप आकर्षक बनाउनेछन्।

डिजाइनका हिसाबले Vivo V70 मा एयरोस्पेस ग्रेड ६–सिरिज एल्युमिनियम एलोय फ्रेम प्रयोग गरिएको छ, जसले उपकरणलाई मजबुत र टिकाउ बनाउनुका साथै जंग प्रतिरोधी बनाएको छ। फ्ल्याट डिस्प्ले र राउन्डेड कर्नर डिजाइनले आधुनिक अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ। ड्युन ग्रे र स्यान्डलवुड ब्राउन रंगमा उपलब्ध यो फोनको मेटालिक क्यामेरा मोड्युलले प्रिमियम लुक थपेको छ।

प्रदर्शनतर्फ, यसमा १.५के अल्ट्रा क्लियर ओएलईडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट राखिएको छ, जसले स्मूद भिजुअल अनुभव दिन्छ। ६५०० एमएएच क्षमताको ब्याट्री र ९० वाट फ्ल्यासचार्ज प्रविधिले लामो समयसम्म प्रयोग र छिटो चार्ज सुनिश्चित गर्छ। साथै, आईपी६८ र आईपी६९ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमताले दैनिक प्रयोगमा थप सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार Vivo V70 देशभर बिक्रीका लागि उपलब्ध भइसकेको छ। १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ८३,९९९ तोकिएको छ भने १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ९४,९९९ रहेको छ। ग्राहकहरूले यसलाई Daraz लगायत आधिकारिक विक्रेतामार्फत खरिद गर्न सक्नेछन्।

यसलाई अझ आकर्षक बनाउन कम्पनीले विशेष अफरहरू पनि ल्याएको छ। पहिलो १,२०० ग्राहकले Vivo Buds Air 3 निःशुल्क प्राप्त गर्नेछन्। साथै, पहिलो २,००० ग्राहकलाई ६ महिनासम्म मान्य स्किन रिप्लेसमेन्ट र वाटर ड्यामेज प्रोटेक्सन सुविधा दिइनेछ। चार जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप ईभी स्कुटर जित्ने अवसर पनि पाउनेछन्।

ग्राहकहरूले यो स्मार्टफोन १२ महिनासम्म शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामा पनि खरिद गर्न सक्नेछन्।

वि.सं.२०८२ चैत २४ मंगलवार १७:५२ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...