back
CTIZAN AD

गजल

वि.सं.२०८३ वैशाख ५ शनिवार

1.9K 

shares

जेवी जिज्ञासु
नेचासल्यान – २, सोलुखुम्बु

रातजस्तै कालो बिहानी छ उस्तै
मृत्युझैँ लाग्ने जिन्दगानी छ उस्तै

रातभर जागा बस्छु हेरेर चन्द्र
सम्झना तिम्रो बेइमानी छ उस्तै

होस् ग्रहण या ओैँसी उनी जून बन्छिन्
दु:खमा उनको हाँस्ने बानी छ उस्तै

बैँस तिम्रो तातो थियो सूर्यभन्दा
आज छाम्दा आगो र पानी छ उस्तै

फूल फुल्छन् तिम्रा नयनमा गुलाबी
जूनझैँ तिम्रो शान्त नानी छ उस्तै

बहर : खफीफ
अर्कान : फाइलातुन् , मस्तफ्इलुन् , फाइलातुन्
वजन : २१२२ – २२१२ – २१२२
काफिया : आनी
रदिफ : छ उस्तै
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८३ वैशाख ५ शनिवार ०९:११ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...