धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
भोटेकोसी–त्रिशूली नदीमा आएको भीषण बाढीले कृष्णभीर सडकको मुनिको भाग कटान गरी बगाएपछि सडक भासिएको हो। नदीको तीव्र कटानका कारण सडकको ठूलो भाग क्षतिग्रस्त भएपछि सवारी आवागमन पूर्णरूपमा रोकिएको छ।
सडक अवरुद्ध भएपछि मुग्लिन–काठमाडौं आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। क्षतिग्रस्त सडकको अवस्था र मर्मत तथा आवागमन खुलाउने प्रयासबारे सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन्।
वि.सं.२०८३ भदौ १४ आइतवार ०९:३७ मा प्रकाशित






























