back
CTIZAN AD

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

वि.सं.२०८३ भदौ १४ आइतवार

15 

shares

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाली राजदूतावास, ओटावा, क्यानडाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न नेपाली समुदाय तथा नेपालका मित्र र शुभेच्छुकलाई अपिल गरेको छ।

दूतावासका अनुसार बाढीका कारण विदेशी पर्यटक, तीर्थयात्री, कर्मचारी, सुरक्षाकर्मी तथा विकास आयोजनामा कार्यरत कर्मचारी र कामदारसमेत प्रभावित भएका छन्। ठूलो संख्यामा मानिस विस्थापित हुनुका साथै सयौँ व्यक्ति अझै सम्पर्कविहीन छन्। घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य अत्यावश्यक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको दूतावासले जनाएको छ।

खोज तथा उद्धार, प्रभावितको सुरक्षित स्थानमा स्थानान्तरण, आकस्मिक स्वास्थ्य सेवा र राहत वितरणका लागि नेपाल सरकारका सुरक्षा निकाय, विपद् व्यवस्थापनसम्बन्धी निकाय, स्थानीय प्रशासन, निजी क्षेत्र, नागरिक समाज तथा स्वास्थ्य सेवाका संयन्त्र परिचालन भइरहेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार हालसम्म ६७५ जनाको शव फेला परेको तथा ठूलो संख्यामा नेपाली र विदेशी नागरिक अझै हराइरहेका छन्। पछिल्लो उपलब्ध विवरणअनुसार ५८९ विदेशी नागरिकसहित कुल २ हजार ४९८ जना सम्पर्कबाहिर रहेका छन्, जसमध्ये २५ जना क्यानडाली नागरिक छन्। खोज तथा उद्धार कार्य जारी रहेकाले यी तथ्यांक परिवर्तन हुन सक्ने दूतावासले स्पष्ट पारेको छ।

बाढीबाट भएको क्षतिको व्यापकतालाई ध्यानमा राख्दै सरकारले राहत, उद्धार, पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक सहयोगका क्षेत्र पहिचान गरिरहेको जनाएको छ। क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण तथा प्रभावित समुदायको राहत र पुनःस्थापनाका लागि आगामी दिनमा ठूलो स्रोतसाधन आवश्यक पर्ने दूतावासको भनाइ छ।

यसै सन्दर्भमा नेपाल सरकारले देश तथा विदेशमा रहेका नेपाली नागरिक, गैरआवासीय नेपाली तथा नेपालका मित्र एवं शुभेच्छुकलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक आर्थिक सहयोग गर्न अपिल गरेको छ।

दूतावास, ओटावाले पनि क्यानडालगायत विश्वभर रहेका नेपाली समुदाय, गैरआवासीय नेपाली, नेपालका मित्र तथा शुभेच्छुक व्यक्ति र संस्थालाई उक्त कोषमा आर्थिक सहयोग गर्न आग्रह गरेको छ।

दूतावासका अनुसार अनलाइन पोर्टलमार्फत मोबाइल फोन वा कम्प्युटरबाट सिधै सहयोग रकम पठाउन सकिनेछ। सो प्रणालीमार्फत अन्तर्राष्ट्रिय तथा स्वदेशी भिसा र मास्टरकार्ड, नेपालमा सञ्चालित मोबाइल बैंकिङ सेवा तथा डिजिटल वालेटबाट समेत सहयोग गर्न सकिने व्यवस्था रहेको छ।

सहयोग गर्नुअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा सम्बन्धित आधिकारिक बैंक खाता यकिन गरेर मात्र रकम पठाउन दूतावासले अनुरोध गरेको छ। बैंक ट्रान्सफरमार्फत समेत सहयोग रकम पठाउन सकिने जनाइएको छ।

दूतावासले प्राप्त हुने प्रत्येक सहयोग रकमको यथोचित हिसाबकिताब राखी प्रभावित जनसमुदायको राहत, उद्धार, पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा उपयोग गरिने जनाएको छ।

सहयोग रकम निम्न अनलाइन पोर्टल https://pmdrf.nchl.com.np/ मार्फत मोबाइल फोन वा कम्प्युटर मार्फत सिधैँ पठाउन सकिनेछ । थप जानकारी तथा जिज्ञासाका लागि नेपाली राजदूतावास, ओटावा, क्यानडामा फोन नं. +१ ६१३ ६८० ५५१३ मार्फत सम्पर्क गर्न सकिनेछ।

वि.सं.२०८३ भदौ १४ आइतवार ०८:५७ मा प्रकाशित

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...