back
CTIZAN AD

रसुवामा खाद्यसामग्री वितरण सुरु

वि.सं.२०८३ भदौ १४ आइतवार

15 

shares

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका अत्यावश्यक खाद्यसामग्री वितरण गरेको छ ।

बिहान तीनवटा हेलिकप्टरमार्फत १५ क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टरसमेत प्रयोग गरी बाढीप्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय, रसुवाले जनाएको छ ।

भोटेकोशी बाढीले जिल्लाको मुख्य सडक तथा पुल बगाएपछि बाढी प्रभावित खैबी, डाँडा गाउँ, हाकु, ठूलो गाउँ, शेर्पा गाउँ, खाम्जिङलगायतका स्थानमा अत्यावश्यक खाद्यसामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत वितरण सुरु गरिएको जानकारी दिँदै उनले भने, “आज बिहान तीन वटा हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा सामान पठाइसकिएको छ । प्राथमिकतासहित आवश्यकताका आधारमा नुन, तेल, दाल, चामललगायतका सामग्रीको व्यवस्था गरिने छ । बाढीपीडित तथा प्रभावितका पक्षमा अहोरात्र खटिरहेको सरकारी संयन्त्र उद्धार तथा राहत वितरणसँगै पुनर्निर्माण एवं पुनःस्थापनाको चरणमा प्रवेश गर्ने भएकाले नआत्तिन जिल्लावासीसँग अनुरोध छ ।” राहत वितरणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलका जनशक्ति खटिरहेको उनले जानकारी दिए ।

विपद्को यस घडीमा हल्लाको पछि नलाग्न, अनावश्यक भ्रम सिर्जना नगर्न र सही सूचनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा सम्पर्क गर्नुहुनसमेत जिल्ला प्रशासन कार्यालयले सबैसँग अनुरोध गरेको छ ।

वि.सं.२०८३ भदौ १४ आइतवार ११:१८ मा प्रकाशित

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक...

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...