back
CTIZAN AD

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

वि.सं.२०८३ भदौ १४ आइतवार

21 

shares

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि सुरु हुने भएको छ।

प्रतियोगिताअन्तर्गत ब्वाइज तथा गल्र्स बास्केटबलसँगै ब्वाइज र गल्र्स फुटबल प्रतियोगिता सञ्चालन हुने आयोजक ज्ञानोदय बाल वाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन्।

महिला फुटबललाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्ष पहिलोपटक गल्र्स फुटबल समावेश गरिएको ज्ञानोदयका सिनियर भाइस प्रिन्सिपल भानु एले बताए।

स.बलको मुख्य प्रायोजन तथा सफल दूध र फन पार्टनर चोकोफन क्रसको सह–प्रायोजनमा हुने प्रतियोगिताको बास्केटबलतर्फ ब्वाइज र गल्र्समा समान ८–८ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्। ब्वाइज फुटबलमा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ।

गल्र्स फुटबल भने सुपर लिग प्रणालीमा सञ्चालन हुनेछ। जसमा ७ टोली सहभागी हुनेछन्। सुपर लिगको शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि पुनः प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

स.बल फाउन्डेसनका अध्यक्ष सतिश जोशीले विद्यालयस्तरमा स्थापित र लोकप्रिय प्रतियोगिता ज्ञान कार्निभलसँग जोडिन पाउनु गर्वको विषय भएको बताए।

यसैबीच, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेकाले प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सामान्य बनाइने आयोजकले जनाएको छ।

दसदिने प्रतियोगिताका सम्पूर्ण खेल बुङमतीस्थित ज्ञानोदय बाल वाटिकाको खेलमैदानमा सञ्चालन हुनेछन्। सन् १९९४ देखि आयोजना हुँदै आएको ज्ञान कार्निभल विद्यालयस्तरीय खेलकुदको लामो इतिहास बोकेको प्रतियोगिता हो।

वि.सं.२०८३ भदौ १४ आइतवार १२:०९ मा प्रकाशित

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको...

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...