back
CTIZAN AD

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

वि.सं.२०८२ चैत २४ मंगलवार

633 

shares

काठमाडौं । ई–बुकिङ नेपाल प्रा.लि. र पाटन स्टे एसोसिएसनबीच पाटन क्षेत्रको हेरिटेज पर्यटन प्रवर्द्धन तथा डिजिटल बुकिङ प्रणाली विस्तार गर्ने उद्देश्यले रणनीतिक सहकार्य सम्झौता सम्पन्न भएको छ।

पाटन स्टे एसोसिएसनले पाटन हेरिटेज क्षेत्रमा रहेका होमस्टे, हेरिटेज होम, BnB, होटल, लज तथा अपार्टमेन्टहरूलाई प्रतिनिधित्व गर्दछ। उक्त सहकार्यअनुसार ई–बुकिङ नेपाल एसोसिएसनका सदस्य सम्पत्तिहरूका लागि एक्सक्लुसिभ डिजिटल बुकिङ पार्टनरको रूपमा रहनेछ।

सम्झौता कार्यक्रममा पाटन स्टे एसोसिएसनका अध्यक्ष प्रकाश राजभण्डारी र ई–बुकिङ नेपाल प्रा.लि.का प्रमुख सञ्चालन अधिकृत (COO) अनिल रिजालबीच औपचारिक हस्ताक्षर सम्पन्न भएको हो।

यस सहकार्यमार्फत पाटन क्षेत्रका सम्पूर्ण सहभागी आवास सेवाहरूलाई एउटै अनलाइन प्लेटफर्ममा ल्याइनेछ, जसले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सजिलो रूपमा बुकिङ गर्न सहयोग पुर्‍याउनेछ। साथै, ई–बुकिङ नेपाल प्लेटफर्ममा “Patan Heritage Stay” नामको विशेष क्याटेगोरी तयार गरिनेछ।

यस पहलअन्तर्गत सहभागी सम्पत्तिहरूमा QR आधारित बुकिङ प्रणाली लागू गरिनेछ, जसले अतिथिहरूलाई सिधै अनलाइन बुकिङ गर्न सहज बनाउनेछ। दुवै संस्थाले संयुक्त रूपमा पाटनको संस्कृति, सम्पदा तथा पर्यटन गतिविधिहरूको डिजिटल माध्यमबाट प्रचार–प्रसार गर्नेछन्।

यो सहकार्यले स्थानीय आवास व्यवसायलाई सहयोग गर्ने, डिजिटल बुकिङ बढाउने तथा पाटनलाई प्रमुख हेरिटेज स्टे गन्तव्यको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

यस साझेदारीले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।

 

वि.सं.२०८२ चैत २४ मंगलवार १२:१२ मा प्रकाशित

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...