
१३ जेठ । पाकिस्तानी फास्ट बलर क्रिकेटर जुनैद खान (Junaid khan) यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
यहि मे बाट इङ्ग्ल्याण्डमा सुरु हुने विश्वकप २०१९ मा पाकिस्तानी टिमबाट उनको नाम हटाइएपछि उनले विरोध स्वरुप सामाजिक सञ्जालमा पोस्ट गरेको तस्विरका कारण उनी भाइरल बनेका हुन् ।
उनले आफूलाई टिमबाट हटाइएको विरोधमा टिवट्रमा मुखमा पट्टि बाँधेर विरोध दर्शाएको फोटो सार्वजनिक गरेपछि उनको पक्ष विपक्षीमा टिकाटिप्पणी भएका छन् । कतिपयले उनको यो हर्कतलाई गलत भएको बताएका छन् भने कतिले भद्र विरोध बताएका छन् ।
जुनैदको नाम विश्वकपका लागि पाकिस्तानी क्रिकेट टोलीको सुरुवाती टिममा थियो । तर इङल्याण्ड विरुद्धको एकदिवसीय श्रृंखलामा उनको खराब प्रदर्शनका कारण पाकिस्तानले लज्जास्पद हार व्यहोर्नु परेको थियो । यसैकारण छनौट टिमले जुननको नाम हटाएको हुनसक्ने आँकलन गरिएको छ ।
उनको साथमा आबिद अली पनि टिमबाट निकालिएका थिए भने असिफ अली र मोहम्मद अमिरलाई टिममा सामेल गरिएको थियो । त्यसैगरी तेज बलर बहाब रियाजलाई पनि टिममा राखिएको छ ।
उनले आफ्नो पोष्ट हटाए पनि विभिन्न संचारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उनको पोष्ट छयाप्पछ्याप्ती बनेका छन् ।
वि.सं.२०७६ जेठ १३ सोमवार १४:०७ मा प्रकाशित

























