१९ जेठ, काठमाडौं । लघुवित्तहरु मध्ये हालसम्म कै ठुलो मात्राको प्राथमिक सेयर (आईपिओ) निष्काशन गर्न लागेको मुख्य कार्यालय काभ्रे जिल्लाको साँगामा रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरको बाटो रोजेको छ । यो संस्था लघुवित्तहरु मध्येकै ठुलो मात्राको आईपिओ निष्काशन गर्न लागेको कम्पनी हो । कम्पनीले मर्जर तथा प्राप्तिको एक मात्र एजेन्डा राखेर जेठ ३१ गते बिशेषः साधारणसभा आह्वान गरेको हो ।
साधारणसभाले मर्जर वा प्राप्ति सम्बन्धि आवश्यक अख्तियारी संचालक समितिलाई दिएपछि संचालक समितिले मर्जर र प्राप्ति सम्बन्धि आवश्यक निर्णय गर्ने छ ।
हाल लघुवित्तको जारी पुंजी २६ करोड रहेको छ । कम्पनीले निकट भबिश्य मै ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको थियो । लघुवित्त कम्पनीहरुले हालसम्म निष्काशन गरेका आईपिओ मध्ये यो नै सबै भन्दा ठुलो हुने कम्पनीले जनाएको छ । तर कम्पनी मर्ज वा प्राप्तिमा गए आईपिओ निष्काशन हुने रकम फरक पर्न सक्ने भएको छ ।
वि.सं.२०७६ जेठ १९ आइतवार १०:०६ मा प्रकाशित




























