back
CTIZAN AD

पूर्वसचिवद्धारा राजधानीका मेयर र सरकारलाई चुनौती

वि.सं.२०७६ साउन २ बिहीवार

1.1K 

shares

२ साउन, काठमाण्डौं । नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले राजधानीका मेयर र सरकारलाई चुनौति दिएका छन् ।

उनले विगत २१ वर्षदेखि काठमाण्डौको फोहरमैला व्यवस्थापनको माफियागिरी तोड्ने सम्बन्धमा सम्बन्धी आफूले लेख्दै आएको र चिच्याउँदै आएको बताउँदै फोहरमैला जाबो समाधान गर्न नसक्ने राजधानीका मेयर र सरकारले केही गरिखान नसक्ने भन्दै चुनौती दिएका छन् ।
पूर्वसचिव उपाध्यायले सामाजिक संजाल फेसबुकमा लेख्दै नेपालले पर्यटन विकासको फुईँ लगाउन कहिल्यै नछाडेको र काठमाण्डौं विश्वकै फोहर सहर भएको समेत लेखेका छन् ।

फेसबुकमा लेखिएको उनको भनाई जस्ताको तस्तै

‘म बिगत २१ वर्षदेखि काठमाण्डौंको फोहरमैला ब्यवस्थापनको माफियागिरी तोड्ने समाधानबारे लेख्दै बोल्दै चिच्याउदै आएको छु । काठमाण्डौ विश्वकै फोहर राजधानी हो । तर नेपालले पर्यटन बिकासको फुईं लाउन कहिल्यै छाडेको छैन । फोहर सहर पर्यटकका लागि हैन, लामखुट्टे, झिंगा र गुहेकिरा बिटल जस्ता प्राणीका लागि प्रिय हुन्छन् । फोहरमैला जाबो समाधान गर्न नसक्ने राजधानी मेयर र सरकारले केही गरिखान सक्ने कुरै हुदैन । यसमा विगत २ दशक देखिका सबै सरकार निस्पट्ट खलास हुदै आएका हुन् । मैले २० वर्ष अघि सन् १९९८ मा जापानबाट (Waste Management Practice) फोहर ब्यवस्थापन पद्दति बारे ४ महिने अध्ययन प्रशिक्षण लिएर फर्कना साथ सरकारलाई तत्कालिन अवस्थामा फोहरमैलामा हुने अनावश्यक राजनीतिक खिचातानी, डम्पिंग साईट खोज र व्यवस्थापनको नेपाली महारोगलाई बुझेरै उहिल्यै निर्मूल पार्न अविलम्ब फोहर जलाएर खरानी पार्ने ईन्सिनिरेटर प्लान्ट जडान गर्न सुझाव दिएको थिए ।

डम्पिंग साईट र फोहरमा मालामाल हुने तत्व र सडक पूर्वाधार वनाउँदा आउने ठेक्कापट्टा कमिशन, सडकछेउका जग्गा किनवेच र सडक वरिपरिको मुल्यहीन जग्गा अधिक मुल्यवान वनाएर करोडौं कमाउने स्वार्थी माफियातत्वहरूको प्रभावमा केही ठोस समस्या समाधानको काम हुन सकेन । फलस्वरूप आजसम्म उही फोहरमाथिको कमाउ २ दशक लामो फोहरी राजनीति कायम रहिरहेको छ । जस्को जिम्मा ‘न महानगर नगरपालिकाले लिन्छ, न सरकारहरूले लिन्छन्‘ को दुःखद परिस्थिति आजसम्म रूमल्लिएका छौं । महानगरले बषेर्नि रू २ अर्व फोहरका नाममा खर्च गर्छ । त्यस्तै छिमेकी नगरपालिकाहरूले गर्छन् । यो अव्यवस्था अझै कति वर्ष यस्तै रहने हो यकिन भन्न सकिने देखिन्न । यसरी दशकौंको हण्डर खाईसके पछि अब लामो बहस गरेर समय अरू बर्बाद गर्ने काम छैन । तुरून्त Incinerator plants जडान गर्नुपर्छ । नत्र भरमार संख्यामा बनेका संघीय व्यवस्थाका अहिलेका सरकारहरूले फोहरको फोहरी राजनीतिमा एकले अर्कालाई दोष दिने, आफू पनि केही नगर्ने र अरूले गरेकोमा विरोध गर्ने वा विरोध गर्न स्थानीयलाई उचाल्नेर उराल्ने क्रम रोकिने छैन ।

फोहरमैलाको समस्या झन विकराल बन्ने छ । फोहरीमै रम्दा र कमाउ धन्दामा लागेका माफियालाई ठेगान लगाउने काम अहिलेको ऐतिहासिक गणीतीय शक्तिशाली सरकारले गरिटोपल्छ कि !’

वि.सं.२०७६ साउन २ बिहीवार ११:१८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...