back
CTIZAN AD

बाढीपीडित पशुपक्षीको उद्धार

वि.सं.२०७६ साउन २ बिहीवार

1.1K 

shares


२ साउन, काठमाडौँ । बाढीबाट प्रभावित तराईका रौतहट, बारा तथा सप्तरीका ५०० भन्दा बढी जनावरलाई उपचार गरिएको छ । केही दिनदेखि आइरहेको अविरल वर्षा तथा बाढीपछि डुबानमा परेका बस्ती, बाढीमा फसेका जनावरका लागि सहायता गरिएको हो ।
पशु कल्याणकारी संस्था स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएशनले संयुुक्तरूपमा बाढी तथा डुबानमा परेका तराईका रौतहट, बारा तथा सप्तरी जिल्लाका प्रभावित पशुपक्षीका साथै जनावरलाई बाढीपछि पशुमा फैलन सक्ने महामारी नियन्त्रणका लागि आवश्यक खोप लगाइएको छ ।
स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले प्राकृतिक विपत्तिका समयमा मानवीय सहायताका लगि पहल हुने भए पनि पशुपक्षीको लागि खासै चासो नराखिने भएकाले विभिन्न जिल्लामा पशुपक्षीको उद्धार तथा उपचार गरिएको जानकारी दिए ।
नेपाल भेटेरीनरी एशोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले वर्षापछि प्रभावित क्षेत्रका ती जिल्लामा आपत्कालीन सहायताका लागि भेटेरीनरी औषधि, ¥याफ्टिङ डुुङ्गा (बोट) सहित आवश्यक सामग्री लिएर फिल्डमा उद्धारकार्यका लागि जुटेको बताए ।
हाल दुवै संस्थाको गरी १४ जनाको टोली निरन्तररूपमा तराईका जिल्लामा सहायताको लागि खटिएको कुरा स्नेहाज केयरका कार्यकारी निर्देशक कपिल काफ्लेले बताए । आगामी दिनमा अन्य बाढी प्रभावित क्षेत्रमा समेत पशुपक्षीको उद्धार गरिने जनाइएको

वि.सं.२०७६ साउन २ बिहीवार ११:२८ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...