back
CTIZAN AD

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

वि.सं.२०८३ असार १२ शुक्रवार

237 

shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ ।

झण्डै एक साता देशभरबाट प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले जिल्लाका होटल, रेष्टुरेण्ट र पर्यटकीय क्षेत्रहरु चलायमान भएका थिए । गत आइतबार उद्घाटन भएको महाधिवेशन आज समापन हुँदैछ । शनिबारदेखि नै प्रतिनिधि, परिवेक्षकहरुले यहाँका होटलहरु भरिन थालेका थिए । आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार एक सातामा रु ५० करोडभन्दा माथिको व्यापार भएको बताउछन् । उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष समेत रहका गौतम झण्डै रु २० करोड आबासमा प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले खर्च गरेको बताए  । एकै दिन २० हजार जनासम्म चितवनमा बसेको उनकोे भनाइ छ ।

महाधिवेशनको उद्घाटन र त्यसको भोलिपल्ट ठूलो सङ्ख्यामा रास्वपा समर्थकहरु जिल्लामा आएको गौतमले बताए । अन्य दिनमा क्रमशः घट्दै गएको भन्दै उनले यसको प्रत्यक्ष लाभ भरतपुरलाई परेको बताए ।

सौराहालगायतका पूर्वी क्षेत्रका होटल र नवलपरासीको गैँडाकोटका होटलसम्म प्रतिनिधिहरु बसेको उनले बताए । आवासको व्यवस्था प्रतिनिधि स्वयंले गर्नुपर्ने हुन्थ्यो भने चार दिन खानाको व्यवस्था पार्टीले गरेको थियो । अघि पछि र अनुकूलको खाना प्रतिनिधिहरुले आफँै खाएका थिए । पार्टीको मात्र रु चार करोडभन्दा बढी खर्च हुने भन्दै उनले यहाँका सबै क्षेत्र एक साता चलायमान भएको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार दुई हजार २०० हाराहारी साना ठूला गाडी बाहिरबाट आएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली झण्डै एक साता जिल्ला चलायमान भएको बताए। होटल रेष्टुरेण्ट भरिदाँ यसले अन्य क्षेत्रलाई चलायमान बनाउने उनले बताए ।

दुग्ध जन्य पदार्थ, माछा, मासु, अण्डा, फलपूmल जस्ता कृषि जन्य उत्पादनको राम्रो खपत भएको उनले बताए । उनले भने, “मूख्य रुपमा भरतपुरको आर्थिक चक्रमा राम्रो प्रभाव परेको छ ।”

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओम पाण्डे भरतपुरका होटलहरुले राम्रो व्यापार पाएको बताउँछन् । त्यसपछिको व्यपार सौराहालगायतका क्षेत्रमा भएको उनकोे भनाइ छ । पहिलो पटक जिल्लामा आएका रास्वपाका नेता कार्यकर्ताले पर्यटकीय गन्तव्यहरु हेर्ने अवसर पाएको उनको भनाइ छ ।

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...