back
CTIZAN AD

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

वि.सं.२०८३ असार १२ शुक्रवार

657 

shares

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले २६ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले विकलाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै २६ वर्ष कैद सजाय सुनाएको हो ।

अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा २५ वर्ष जन्मकैद तथा पटके अपराध गरेको ठहर गर्दै थप एक वर्ष कैद सजाय निर्धारण गरेको जनाएको छ ।

अदालतको फैसलाअनुसार विकले विसं २०८२ कात्तिक २५ गते आफ्नी श्रीमती सीता विकमाथि कुटपिट गरी हत्या गरेका थिए ।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो भने प्राप्त प्रमाण, बयान तथा परिस्थितिजन्य तथ्यका आधारमा अदालतले उनलाई दोषी ठहर गरेको हो ।

मुद्दाको अनुसन्धानका क्रममा सार्वजनिक भएको विवरणअनुसार विक घटना हुनुभन्दा करिब दुई महिना अघिदेखि जबर्जस्ती करणी मुद्दामा पक्राउ परेर जिल्ला कारागार पर्वतमा थुनामा रहेका थिए ।

उक्त मुद्दामा अदालतले तोकेको रु ५० हजार धरौटी बुझाउन नसकेपछि उनी कारागारमै सजाय भुक्तान गरिरहेका थिए । विककी श्रीमती सीता विकले नै कात्तिक २४ गते धरौटी रकम बुझाएर उनलाई कारागारबाट छुटाएकी थिइन् । कात्तिक २५ गते विकले आफ्नै श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका थिए ।

घटनापछि मृतककी बुहारी शर्मिला विकले जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी जाहेरी दिनुभएको थियो । सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । अनुसन्धानका क्रममा सङ्कलन गरिएका प्रमाण तथा साक्षीहरूको बयानका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो ।

अदालतले घटनाको प्रकृति, अभियुक्तको आपराधिक पृष्ठभूमि, प्रस्तुत प्रमाण तथा पटके अपराध गरेको अवस्थालाई समेत आधार मानेर सजाय निर्धारण गरेको जनाएको छ ।

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२१ मा प्रकाशित

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य...

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...