back
CTIZAN AD

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

वि.सं.२०८३ असार १२ शुक्रवार

114 

shares

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले आगामी आर्थिक वर्ष २०८३/८४ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

समयमै नगरसभा गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेमा गौर, चन्द्रपुर, परोहा, मौलापुर, बौधीमाई, गुजरा, इशनाथ, देवाहीगुनाही, माधवनारायण, गढीमाई, राजपुर, बृन्दावन, राजदेवी नगरपालिका छन् ।

दुर्गाभगवती तथा यमुनामाई गाउँपालिकाले पनि गाउँसभा गरिसकेका छन् भने कटहरिया, गरुडा र फतुवा विजयपुर नगरपालिकाले भने नगरसभा गरेका छैनन् । जिल्लाकै सबैभन्दा ठूलो चन्द्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु एक अर्ब २१ करोड ८० लाखको बजेट विनियोजन गरेको छ ।

नगरप्रमुख सञ्जयकुमार काफ्ले र उपप्रमुख जयमाला चौधरीले पालिकाको १७औँ नगरसभाले आव २०८३÷८४ का लागि रु एक अर्ब २१ करोड ८० लाखको बजेट विनियोजन गरेको बताए ।

त्यसैगरी, गौर नगरपालिकाको १८औँ नगरसभा आगामी आवका लागि ५३ करोड ८८ लाखभन्दा बढीको बजेट प्रस्तुत गरिएको छ । नगरको समग्र विकास, सुशासन र समृद्धिलाई मुख्य प्राथमिकतामा राख्दै नगरप्रमुख शम्भु साहले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

यस्तै, मौलापुर नगरपालिकाले पनि आफ्नो नगरसभामार्फत आगामी आव २०८३/८४ को लागि करिब रु ४२ करोडको बजेट प्रस्तुत गरेको नगरप्रमुख रिनाकुमारी साहले जानकारी दिए ।

बजेटले विगतदेखि नै सञ्चालनमा रहेको ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता दिइएको छ भने बिजुली र खानेपानी निःशुल्क तथा ‘छोरीसँग मेयर कार्यक्रम’लाई प्रभावकारी रूपमा अघि बढाउने उद्घोष गरेको छ ।

गढीमाई नगरपालिका प्रमुख श्याम यादवले आव २०८३/८४ का लागि रु ५९ करोड २२ लाख ५५ हजारको बजेट विनियोजन गरिएकामा चालु खर्चतर्फ रु ४० करोड ९० लाख ४७ हजार र पुँजीगत खर्चतर्फ रु १८ करोड ३२ लाख आठ हजार रहेको बताए ।

त्यसैगरी, बौधीमाई नगरपालिकाको १२औँ नगरसभा नगरप्रमुख प्रदीप राय यादवको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख प्रमिला देवीले आव २०८३/८४ का लागि रु ६३ करोड ९६ लाख चार हजारबराबरको वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो ।

वृन्दावन नगरपालिकाको ११औँ नगरसभामा आगामी आव २०८३/८४ का लागि रु ६० करोड ९२ लाख २५ हजार ८८१ को बजेट प्रस्तुत गरिएको नगरप्रमुख विनोदप्रसाद कुर्मीले जानकारी दिनुभयो । राजपुर नगरपालिकाको १०औँ नगरसभा आगामी आव २०८३/८४ का लागि रु ५० करोड २१ लाख ९३ हजारको आयव्ययको विवरण प्रस्तुत गरियो ।

माधव नारायण नगरपालिकाको ११औं नगरसभामा आव २०८३/८४ का लागि रु ५० करोड २९ लाख २० हजारको आयव्ययको बार्षिक अनुमान विवरण प्रस्तुत गरिएको छ ।

वि.सं.२०८३ असार १२ शुक्रवार १५:१५ मा प्रकाशित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...