back
CTIZAN AD

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

वि.सं.२०८३ साउन २५ सोमवार

84 

shares

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड बढी राजस्व असुली गरेको छ ।

उपमहानगरपालिकाले बक्यौता असुलीमा कडाइ गरेपछि गत आर्थिक वर्षमा रु १७ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु २० करोड ३७ लाख एक हजार ५५९ राजस्व असुली गरेको हो ।

आव २०८१÷८२ को तुलनामा रु तीन करोड ७२ लाख २१ हजार ६२६ ले बढी हो । आव २०८१÷८२ मा रु १६ करोड २० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १६ करोड ६४ लाख ७८ हजार ९३३ राजस्व सङ्कलन भएको थियो ।

आव २०८२÷८३ मा बेरुजु शीर्षकमा रु पाँच लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २१ लाख २६ हजार ४५३ सङ्कलन भएको छ । त्यस्तै, सम्पत्ति करबाट रु पाँच करोड ६१ लाख पाँच हजार ३३१, बहाल करबाट रु पाँच करोड ७५ लाख ३९ हजार ६४४, सिफारिस दस्तुरबाट रु एक करोड ३४ लाख ९५ हजार ८९६ र नक्सापास दस्तुरबाट रु तीन करोड ३७ लाख ८१ हजार राजस्व सङ्कलन भएको छ ।

यसैगरी, बहाल बिटौरी करबाट रु ९२ लाख ३२ हजार २००, व्यवसाय करबाट रु ५१ लाख ५० हजार ३४७ र अन्य सेवा शुल्क तथा बिक्रीबाट रु २९ लाख ६८ हजार ४७५ राजस्व सङ्कलन भएको छ ।

अन्य प्रशासनिक सेवा शुल्कबाट रु ६८ लाख ३४ हजार ९३४, परीक्षा शुल्कबाट रु १७ लाख ८६ हजार ७००, व्यक्तिगत घटना दर्ता दस्तुरबाट रु पाँच लाख ९७ हजार ७२०, प्रशासनिक दण्ड जरिवानाबाट रु ११ लाख पाँच हजार ५६३ तथा सरकारी सम्पत्ति बिक्रीबाट रु १५ लाख राजस्व सङ्कलन भएको जनकपुरधाम उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख परमेश्वर झाले राससलाई जानकारी दिए ।

वि.सं.२०८३ साउन २५ सोमवार १४:१४ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...