back
CTIZAN AD

आँधीले जापानमा उडान प्रभावित

वि.सं.२०८३ असार १२ शुक्रवार

72 

shares

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका विभिन्न क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेको छ । प्रतिकूल मौसमका कारण जापानका प्रमुख वायुसेवा कम्पनीहरूले १२० वटा उडान रद्द गरेका छन् भने हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

जापानको मौसम निकायका अनुसार गम्भीर उष्णकटिबन्धीय आँधी मेखालालाई टाइफुनको स्तरबाट कमजोर बनाइएको भए पनि यसले प्रतिघण्टा १४४ किलोमिटरसम्मको वेगमा हावा बहाइरहेको छ । दक्षिणी र पश्चिमी जापानका धेरै क्षेत्रमा भारी वर्षा भइसकेको छ ।

पूर्वानुमानअनुसार मेखाला सप्ताहन्तमा क्युसु र शिकोकु टापुतर्फ सर्ने सम्भावना छ । प्रशान्त महासागरमा सक्रिय अर्को उष्णकटिबन्धीय आँधी हिगोससँग यसको प्रभाव जोडिन सक्ने मौसमविद्हरूले बताएका छन् ।

दुई आँधीबीचको सम्भावित अन्तरक्रियाले ‘फुजिहारा प्रभाव’ उत्पन्न गर्न सक्ने चेतावनी दिइएको छ । यस्तो अवस्थामा आँधीहरूको दिशा, गति र तीव्रताको पूर्वानुमान गर्न कठिन हुने मौसमविद्हरूले जनाएका छन् ।

प्रतिकूल मौसमका कारण जापान एयरलाइन्स र अल निप्पोन एयरवेजले ओकिनावा र कागोसिमा क्षेत्रमा आउने तथा जाने गरी १२० वटा उडान रद्द गरेका छन् । यसले हजारौँ यात्रु प्रभावित भएका छन् ।

क्योटो क्षेत्रमा सम्भावित पहिरोको जोखिम बढेपछि हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा जान सल्लाह दिइएको छ । सार्वजनिक प्रसारक एनएचकेले प्रसारण गरेको दृश्यमा यस क्षेत्रका नदीहरूमा धमिलो र तीव्र बहाव देखिएको छ ।

क्योटो र ओसाकाका अधिकारीहरूले नदीमा पानीको सतह बढ्दै गएको तथा बाढीको जोखिम उच्च रहेकाले सतर्क रहन आग्रह गरेका छन् ।

भारी वर्षाका कारण सडक अवरुद्ध भएपछि टोयोटाले क्युसुस्थित आफ्नो कारखानाको उत्पादन अस्थायी रूपमा रोकेको छ । निसानले पनि केही उत्पादन लाइन बन्द गर्ने तयारी गरेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जापानी सेनाले मियाको टापुमा भि–२२ ओस्प्रे यातायात विमानको निर्धारित पहिलो उडान पनि स्थगित गरेको छ । उक्त उडान अमेरिका–जापान संयुक्त सैन्य अभ्यासको हिस्सा थियो ।

यसैबीच ताइवानमा पनि आँधीको प्रभाव देखिएको छ । मेखालाका कारण परेको मुसलधारे वर्षा, बाढी र पहिरोको जोखिमपछि एक हजार ६०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । धेरै क्षेत्रमा विद्यालय र सरकारी कार्यालय बन्द गरिएका छन् ।

अहिलेसम्म कुनै मानवीय क्षतिको पुष्टि भएको छैन । तर अधिकारीहरूले पूर्वी ह्वालिएन तथा दक्षिणी काओसिउङ र पिङटुङ क्षेत्रमा पहिरो र माटो बग्ने जोखिम उच्च रहेको चेतावनी दिएका छन् । मौसम निकायका अनुसार बिहीबारयता केही क्षेत्रमा ८८ सेन्टिमिटरसम्म वर्षा रेकर्ड गरिएको छ ।

ह्वालिएनको दुर्गम क्षेत्रमा हालै बनेको अवरोध तालका कारण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने धेरै परिवारलाई घर छोड्न आग्रह गरिएको छ । प्रतिकूल मौसमका कारण ताइवानका केही रेल सेवा पनि अस्थायी रूपमा स्थगित गरिएका छन् ।(रासस/एएफपी)

वि.सं.२०८३ असार १२ शुक्रवार १५:४७ मा प्रकाशित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...