back

आलु चिस्यान केन्द्र निर्माण

वि.सं.२०७६ भदौ १८ बुधवार

327 

shares
RBB AD
NTC AD

१८ भदौ, गलकोट । उत्पादित आलु भण्डारण गरी बेमौसममा बिक्री गर्न काठेखोला गाउँपालिका–३ धम्जामा सहकारीको अगुवाईमा आलु चिस्यान केन्द्र निर्माण गरिएको छ ।

धम्जामा क्रियाशील हिमचुली कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा रु. २७ लाखको लागतमा आलु सो केन्द्र निर्माण गरिएको हो । आलुको पकेट क्षेत्रका रुपमा चिनिने धम्जामा आलुको भण्डारणको अभावका कारण सस्तो मूल्यमा आलु विक्री गर्दा किसान मर्कामा पर्दै आएकाले सो केन्द्र बनाइएको सहकारीले जनाएको छ ।

धम्जामा मुख्य बालीका रुपमा आलुखेती गरिन्छ । चिसो स्थानमा उत्पादित आलु निकै स्वादिष्ट भएकाले यहाँको आलुले राम्रो बजार पाएको छ । एकैपटक उत्पादन हुने आलु बारीबाटै बेच्दा मूल्य नपाउने समस्याका कारण सो केन्द्र निर्माण गरिएको सहकारीका सचिव गोपाल श्रीसले बताए । श्रीसले भने, “चिस्यान केन्द्रमा भण्डार गर्दा आलु दोब्बर मूल्यमा बिक्री गर्न सकिन्छ ।” गण्डकी प्रदेश सरकारको रु.१४ लाख ३० हजार, काठेखोला गाउँपालिकाको रु.४ लाख १२ हजार, हिमचुली कृषि सहकारीको रु. ५ लाख र कृषकको रु. ५ लाख ५० हजार बराबरको श्रमदानमा आलु चिस्यान केन्द्र बनाइएको हो । किसानलाई प्रोत्साहन गर्न प्रदेश सरकारले सहयोग गरेको प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले बताए ।

सहकारीमा आवद्ध ६० शेयर सदस्य तथा अन्य आलुखेती गर्ने किसानले उपभोग गर्ने गरी सो केन्द्र निर्माण गरिएको काठेखोला गाउँपालिका–३ धम्जाका वडा अध्यक्ष याम श्रीसले बताए । धम्जामा वार्षिक एक करोड बराबरको आलु उत्पादन हुन्छ । वडा कार्यालयले गाउँपालिकाकोे सहयोगमा धम्जालाई आलुको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिरहेको छ । बागलुङमा ढोरपाटन, ताराखोला, तमानखोला, निसिखोला र धम्जालगायतका स्थान आलु उत्पादनका दृष्टिले राम्रो स्थान मानिन्छन् ।

करीब २०० क्विन्टल आलु राख्ने क्षमताको सो केन्द्र निर्माणसँगै यहाँका आलु कृषक हर्षित भएका छन् । केन्द्रमा बिक्री र बिउँका लागि छुट्टाछुट्टै भण्डारण गर्न मिल्ने व्यवस्था छ । सञ्चालन कार्यविधि बनाएर केन्द्र सञ्चालन गरिनेछ । केन्द्रमा आलु राखेवापत शेयर सदस्य तथा अन्य आलुखेती गर्ने किसानले विद्युत महशुल तथा हेरालो खर्च व्योहोनुपर्ने हुन्छ । रासस

वि.सं.२०७६ भदौ १८ बुधवार ०९:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल...

कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न गएको बस दुर्घटना, २१ घाइते

कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न गएको बस दुर्घटना, २१ घाइते

म्याग्दी (बेनी) । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना...

‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी

‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–२१ कृष्तिस्थित भविष्य निर्माण माविले ‘मेरो...

लुलुगाई हत्या आरोपमा तीन पक्राउ

लुलुगाई हत्या आरोपमा तीन पक्राउ

मनाङ । यहाँ लुलुगाई हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ...

इलाम उपनिर्वाचन : एमालेका उम्मेदवार सुहाङको अग्रता कायमै

इलाम उपनिर्वाचन : एमालेका उम्मेदवार सुहाङको अग्रता कायमै

फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको...

पर्वतका २५ विद्यालय समायोजन

पर्वतका २५ विद्यालय समायोजन

पर्वत । विद्यार्थी सङ्ख्या घट्दै गएपछि जलजला गाउँपालिकाले २५ विद्यालय...