back

‘सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न सकेन’-सिंह

वि.सं.२०७६ असोज १५ बुधवार

222 

shares
RBB AD
NTC AD

असोज, काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ३ ले बुधबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले सभामुखले राजीनामामा उल्लेख गरेका शब्द संविधानको मर्मविपरीत भएको बताए।

पूर्व उपप्रधानमन्त्री सिंहले कानून सबैका लागि बराबर भएको बताउँदै अनुसन्धानमा सङ्लग्न प्रहरीलाई दबाब र प्रभावमा नपरी चनाखो भएर अनुसन्धान गर्न आग्रहसमेत गरे । अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उनको भनाइ थियो ।

पार्टीका पूर्व महामन्त्रीसमेत रहेका सिंहले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य भएमात्र पार्टी बलियो हुने उल्लेख गरे । उनले पार्टीका सबै कार्यकर्तालाई समेटेर नेतृत्वले जिम्मेवारी दिनुपर्नेमा जोड दिए ।

वि.सं.२०७६ असोज १५ बुधवार १३:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रोशीका अग्निपीडितलाई आर्थिक सहयोग

रोशीका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रेपलाञ्चोक । जिल्लाको रोशी गाउँपालिका-४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं...

आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने

आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

आज विविध कार्यक्रम गरी राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

आज विविध कार्यक्रम गरी राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

लताप,धादिङ । साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने...

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...