back
CTIZAN AD

बङ्गलादेशमा अप्रिलको तापक्रम रेकर्डमा सबैभन्दा तातो

वि.सं.२०८१ वैशाख १९ बुधवार

1.5K 

shares

ढाका । बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो महिना रहेको बताएको छ । दक्षिण एसियाली यो मुलुक र धेरै क्षेत्रले अझै पनि निस्सासिँदो गर्मीको सामना गरिरहेका छन् ।

जलवायु परिवर्तनका कारण गर्मीको लहर लामो, थप बारम्बार र थप तीव्र हुँदै गएको बृहत् वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ । अप्रिलमा प्रचण्ड गर्मीका कारण बङ्गलादेश सरकारले मुलुकभर विद्यालय बन्द गर्नुपर्यो । यसबाट करिब तीन करोड २० लाख विद्यार्थी घरमै रहे ।

“यो वर्ष लुले देशका करिब ८० प्रतिशत भागलाई समेटेको छ, हामीले यसअघि कहिले पनि यति तीव्र र व्यापक लु देखेका थिएनौँ”, बङ्गलादेश मौसम विज्ञान विभागका वरिष्ठ पूर्वानुमानकर्ता मुहम्मद अबु कलाम मल्लिकले भने, “सन् १९४८ मा मुुलुकमा तातो दिन र क्षेत्र समेट्ने मामिलाको रेकर्ड सुरु भएपछि गत अप्रिल महिना बङ्गलादेशमा सबैभन्दा गर्मी महिना थियो ।”

उनका अनुसार बङ्गलादेश वरपरका मौसम केन्द्रहरूले सन् २०१० सम्मको ३० वर्षको अवधिमा अप्रिलको औसत दैनिक तापक्रम ३३ दशमलव दुई डिग्री सेल्सियसको तुलनामा यस वर्षको अप्रिलमा दुईदेखि आठ डिग्रीको बीचमा अधिक तातो रहेको रेकर्ड गरेका छन् ।

स्वास्थ्य विभागका प्रवक्ता सेलिम रेहानले सरकारले पछिल्लो १० दिनमा अत्यधिक गर्मीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको पुष्टि गरेको बताउनुभयो । एक साताको भीषण गर्मीपछि बिहीबार बङ्गलादेशमा वर्षाले केही राहत ल्याउने अपेक्षा गरिएको छ । ढाकामा धेरै दिनसम्म ४० डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ ।

मल्लिकले अप्रिलमा सामान्य प्रि–मनसुन मेघ गर्जनसहित वर्षा नहुँदा गर्मीको तीव्रता अझ बढेको बताए । “बङ्गलादेशमा अप्रिलमा औसत एक सय ३० दशमलव दुई मिलिमिटर वर्षा हुन्छ तर यस वर्षको अप्रिलमा औसत एक मिलिमिटर मात्र वर्षा भयो ।”

बङ्गलादेशमा आइतबारसम्म विद्यालय बन्द हुनेछन् । सरकारले गत साताको अन्त्यमा कक्षाहरू पुनः सञ्चालन गर्न आदेश दिएको थियो तर बङ्गलादेशको एक शीर्ष अदालतले गर्मीको लहरमा धेरै शिक्षकको मृत्यु भएको रिपोर्टलाई ध्यानमा राख्दै सोमबार फेरि विद्यालय बन्द गर्न निर्देशन दियो । (रासस÷एएफपी)

 

वि.सं.२०८१ वैशाख १९ बुधवार २०:३० मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...