back

आर्थिक समृद्धिको ढोका खुल्ने: उपराष्ट्रपति पुन

वि.सं.२०७३ मंसिर १५ बुधवार

909 

shares

 nanda-bahaur-pun

१५ मङ्सिर,काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनपछि देशमा आर्थिक समृद्धिको ढोका खुल्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाजको १९ औँ स्थापना दिवसको आज यहाँ उद्घाटन गर्दै उहाँले गत वर्ष आर्थिक वृद्धिदर शुन्य दशमलव ७७ प्रतिशतमा खस्केको भए पनि अहिले देशमा विद्युत्भार कटौतीमुक्त भएको, माछामा भारतको एकाधिकार तोडिएको तथा खराब कर्जा आधा घटेको जस्ता सुखद समाचार आइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति पुनले आर्थिक समृद्धिका लागि पर्याप्त आधार तथा स्रोत रहेकाले देशको समृद्धि छोटो अवधिमा नै हासिल गर्न सक्ने बताउँदै सरकारले लगानीमैत्री वातावरण निर्माण गरी पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्दछ भन्नुभयो ।

संविधान कार्यान्वयन गर्ने वातावरण तयार पार्न राजनीतिक दललाई उहाँले आग्रह गर्नुभयो ।  ऊर्जामन्त्री जनार्दन शर्माले दृढ इच्छाशक्ति र आर्थिक विकास गर्ने प्रतिबद्धता भए मुलुकको विकास छोटो समयमा गर्न सक्ने बताउँदै नेकपा एमाले र नेपाली काँग्रेसको सहमतिका आधारमा विगतमा तयार भएको दस्तावेजका आधारमा सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ भन्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नेपाली सञ्चार माध्यमले राजनीतिक समाचारलाई बढी प्राथमिकता दिइने गरेकोमा अब आर्थिक समाचारलाई बढी प्राथमिकता दिनुपर्ने उल्लेखगर्दै एमाले र काँग्रेसबीच सहमति भएको दस्तावेजलाई नै हेरफेर गरेर सरकारले संशोधन प्रस्ताव ल्याएको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले नेपालको व्यापार घाटा २०१ अर्ब रहेको बताउँदै देशको निर्यात रु १८ अर्ब तथा सञ्चितिको स्थिति रु. एक हजार ५४ अर्ब रहेको जानकारी दिनुभयो ।

समाजका अध्यक्ष गोकर्ण अवस्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपराष्ट्रपति पुनले सेजन एवार्ड तथा छात्रवृत्ति पाउने छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्नुभयो । रासस

वि.सं.२०७३ मंसिर १५ बुधवार १०:३० मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...