back
CTIZAN AD

ताथलीगढी र हलालगाउँ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

वि.सं.२०८२ मंसिर २५ बिहीवार

597 

shares

भादगाउँ । चाँगुनारायण नगरपालिका–९ ताथलीमा अवस्थित ताथली गढी र मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकसित भएको छ ।

स्थानीय इतिहास, प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैली नजिकबाट नियाल्न चाहनेहरू यो क्षेत्रमा आकर्षित भएका हुन् ।

ताथलीगढी क्षेत्र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यहाँ पुरातात्विक महत्वका सम्पदाका अवशेष पाइएका छन् । यहाँको आइतबारे र ठूलोपाखा वनस्थित गढीबाट काठमाडौँ उपत्यका, बनेपा र काभ्रेका विभिन्न भाग देख्न सकिन्छ । यहाँ दैनिक सयौँ आन्तरिक पर्यटक आउने गरेका चाँगुनारायण नगरपालिका–९ का वडासदस्य विद्यापति थापा बताउँछन् । विशेष गरी शुक्रबार र शनिबार बढी घुइँचो लाग्ने गरेको छ । हलालगाउँको भ्रमण गर्ने पनि बढेका छन् ।

उक्त स्थानमा निर्मित हलालगाउँ–ताथली गढीको सिँढीले पनि पर्यटकलाई आकर्षित गरेको चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यात बताउँछन् ।

गढीबाट देखिने मनमोहक दृश्य हेर्न, पदयात्राका निम्ति उपयुक्त स्थल र स्थानीय संस्कृति बुझ्न पनि आन्तरिक पर्यटक आउने गरेका उनी बताउँछन् । त्यहाँका ३०० सिँढीले पनि पर्यटक तानिरहेका उनकोे कथन छ । उक्त स्थानको सल्लाघारी वन, विभिन्न प्रजातिका चराचुरुङ्गीको ध्वनि, मनोरम वातावरणले एकान्तप्रेमी उल्लेख गर्दै करिब थप सौन्दर्य बढाएको बताए ।

आगन्तुक बढेसँगै वडा कार्यालय, वन उपभोक्ता समिति र स्थानीयले सरसफाइ, विश्रामस्थलजस्ता आधारभूत पूर्वाधार सुधार निर्माणसँगै प्रचारप्रसार पनि थालेका छन् । दृश्यावलोकनका निम्ति ‘भ्यू टावर’ पनि निर्माण भइरहेको छ । गढी क्षेत्रको दिगो विकासका लागि गुरूयोजना तयार भएको वडाध्यक्ष त्यातको कथन छ ।

वि.सं.२०८२ मंसिर २५ बिहीवार १०:३५ मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...