back
CTIZAN AD

कतारमा पर्वते भेला सम्पन्न

वि.सं.२०७३ मंसिर १५ बुधवार

906 

shares

%e0%a4%95%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a5%87-%e0%a4%ad%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8

दिलकुमार श्रेष्ठ, दोहा। पर्वत युवा सेवा समाजकतारको बिशेष भेला सम्पन्न भएको छ । कतारमा सस्थागत रुपमा सामाजिकगतिविधिहरुलाई निरन्तर रुपमा सफलताका साथनिर्वाह गर्दै आएको संस्थाले आगामी अधिवेशनको पुर्वसन्ध्यामा यो भेलाको  बोलाएको थियो । भेलाले संस्थाका आर्थिक गतिबिधि, समाजले गरेका कार्य  माथी छलफल, निर्देशिका तथा आउदै गरेको अधिवेशनबारे चर्चा गरेको थियो ।
संस्थामा रुपलाई सहि ढंगबाट अगाडी बढाउनको लागि आर्थिक गतिविधिले महत्वपुर्ण भूमिका खेलेको हुन्छ । यसै सम्बन्धमा सस्थाले संचालन गरेका विभिन्न गतिविधिहरुलाई मध्यनजर गर्दै आर्थिक बिषयमा बृहत छलफल गरिएको थियो । छलफललाई टुंगोमा ल्याउदै सम्पूर्ण हरहिसाव सहित संस्थाका अध्यक्ष दिपेन्द्रजंग लामिछानेले कोषाध्यक्ष दुर्गा बहादुर क्षेत्रीलाई हस्तान्तरण गरेका थिए । आन्तरिक रुपमा हस्तान्तरण गरेको आर्थिक गतिबिधिलाई पूर्ण रुपले दुरुस्त छ या छैन भन्ने प्रष्ट समाजमा ल्याउनको लागी लेखा समिति गठन गरेको छ । सल्लाहकार सदस्य डिल्लीराम भट्टराईलाई  लेखा समितिको संयोजक मनोनित गरिएको  सदस्यहरुमा यामबहादुर केसी  र बिष्णु कंडेल रहेका छन् । समितिले अर्बको २ हप्ताभित्र सम्पूर्ण विवरण सस्थालाई बुझाउनु पर्ने छन् ।
भेलामा अहिलेको समितिले यो कार्यकालको कार्य प्रगतीमाबारे छलफल गरेको थियो ।  छलफलमा समाजमा कार्य गर्दा भएका गतिविधिहरु  भएका कार्य प्रगति तथा कमजोरीलाई औल्याउदै  भोलिका दिनमा सहमतीका साथ सुधार्दै लैजाने निर्णय गरियो ।
समाजले निर्देशिका जारी गर्दै विधानको अध्यानगरि आगामी १५ दिनभित्र संसोधितबिधान संस्थामा ल्याउन गर्न निर्देशन दिएको छ । विधान संसोधनको लागी  संस्थापक सदस्य तथा खेल संयोजक अजय बिकको संयोजकत्वमा ५ सदस्यीय संसोधन समिति गठन गरेको छ । संयोजक सहित सदस्यहरुमा प्रमुख सल्लाहकार पूर्ण बहादुर नेपाली, अनुसासन तथा अनुगमन प्रमुख चिन्तामणि पौडेल, वर्तमान अध्यक्ष दिपेन्द्रजंग लामिछाने र महा सचिव दिलकुमार श्रेष्ठ रहेका छन् ।
सस्थाले आगामी अधिवेशनको सम्बन्धमा भने लेखा समिति र बिधान संसोधन समितिको विवरण पेश भई पारित भएको  अवस्थामा तिथिमिति  सार्वजनिक गर्ने  निर्णय गरेको छ ।
कार्यकालको अन्तिम चरणको बिशेष भेलाको अध्यक्षता संस्थाका अध्यक्ष दिपेन्द्रजंग लामिछानेले गरेका थिए । महासचिव दिलकुमार श्रेष्ठले गरेको कार्यक्रम संचालनमा पर्वत युवा सेवा समाज कतारका कार्यसमितिहरु  विभिन्न पदासिन पदाधिकारीहरु सक्रिय सदस्यहरु लगाएत कतारमा कार्यरत पर्वतबासीहरुको बृहत उपस्थिति रहेको थियो ।

वि.सं.२०७३ मंसिर १५ बुधवार १०:५१ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...