back
CTIZAN AD

आर्थिक समृद्धिको ढोका खुल्ने: उपराष्ट्रपति पुन

वि.सं.२०७३ मंसिर १५ बुधवार

1.2K 

shares

 nanda-bahaur-pun

१५ मङ्सिर,काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनपछि देशमा आर्थिक समृद्धिको ढोका खुल्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाजको १९ औँ स्थापना दिवसको आज यहाँ उद्घाटन गर्दै उहाँले गत वर्ष आर्थिक वृद्धिदर शुन्य दशमलव ७७ प्रतिशतमा खस्केको भए पनि अहिले देशमा विद्युत्भार कटौतीमुक्त भएको, माछामा भारतको एकाधिकार तोडिएको तथा खराब कर्जा आधा घटेको जस्ता सुखद समाचार आइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति पुनले आर्थिक समृद्धिका लागि पर्याप्त आधार तथा स्रोत रहेकाले देशको समृद्धि छोटो अवधिमा नै हासिल गर्न सक्ने बताउँदै सरकारले लगानीमैत्री वातावरण निर्माण गरी पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्दछ भन्नुभयो ।

संविधान कार्यान्वयन गर्ने वातावरण तयार पार्न राजनीतिक दललाई उहाँले आग्रह गर्नुभयो ।  ऊर्जामन्त्री जनार्दन शर्माले दृढ इच्छाशक्ति र आर्थिक विकास गर्ने प्रतिबद्धता भए मुलुकको विकास छोटो समयमा गर्न सक्ने बताउँदै नेकपा एमाले र नेपाली काँग्रेसको सहमतिका आधारमा विगतमा तयार भएको दस्तावेजका आधारमा सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ भन्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नेपाली सञ्चार माध्यमले राजनीतिक समाचारलाई बढी प्राथमिकता दिइने गरेकोमा अब आर्थिक समाचारलाई बढी प्राथमिकता दिनुपर्ने उल्लेखगर्दै एमाले र काँग्रेसबीच सहमति भएको दस्तावेजलाई नै हेरफेर गरेर सरकारले संशोधन प्रस्ताव ल्याएको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले नेपालको व्यापार घाटा २०१ अर्ब रहेको बताउँदै देशको निर्यात रु १८ अर्ब तथा सञ्चितिको स्थिति रु. एक हजार ५४ अर्ब रहेको जानकारी दिनुभयो ।

समाजका अध्यक्ष गोकर्ण अवस्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपराष्ट्रपति पुनले सेजन एवार्ड तथा छात्रवृत्ति पाउने छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्नुभयो । रासस

वि.सं.२०७३ मंसिर १५ बुधवार १०:३० मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...