back

किरात राई यायोख्या शाखा कतारको अध्यक्षमा राई

वि.सं.२०७३ मंसिर १५ बुधवार

792 

shares

%e0%a4%95%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%a4-%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%b5%e0%a5%87%e0%a4%b6%e0%a4%a8-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa

दोहा । किरात राई यायोख्या शाखा कतारको छैटौ अधिबेशन सम्पन्न भएको छ । सर्वसम्मत  रुपमा एकराज राई अध्यक्षमा २१ सदस्यीय कार्य समितिको चयन गरेको हो । उपाध्यक्षलोक बहादुर राई, द्धितीय उपाध्यक्षमा शरण राई, महासचिबमा प्रदिपकुमार राई, सचिबमा बिमल राई, कोषाध्यक्षमा भुपाल राई,  सहकोषाध्यक्षमा सन्तोष कुमार राई, सदस्यहरुमा देबराज राई,   ईश्वर राई, सिता राई, विज्ञान राई, सुबिन राई, मिना राई, दिपिका राई,  ज्ञानु राई,  नैराज राई, छत्र बहादुर राई , प्रेम बहादुर राई, शंकर बहादुर राई, रेखा राई रहेका छन् । यायोक्खा प्रवास कतारमा  रहेका किरात राईहरु संगठित जातीय संस्था हो ।
कार्यक्रममा  राई जातिहरुको जातीय भेषभूषामा सजिएका महिला तथा पुरुषहरुबाट  आफ्नो जातिको विशेष गीतको सामुहिक गायन प्रस्तुत गरिएको थियो ।
किरात राई यायोक्खा कतार शाखाबाट प्रकाशित ‘नियामा’ पुस्तकको पनि बिमोचन गरिएको थियो । किरातहरुको इतिहास, सस्कार, सस्कृति र पहिचानलाई समेटिएको तयार पारिएको पुस्तकका बारेमा कार्यकारी सम्पादक देवराज राईले प्रष्ट परेका थिए ।
गत शुक्रवारका दिन दोहाको ढाका रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा  संस्थाका अध्यक्ष अमृत राईको सभापतित्व गरेका थिए । प्रमुख अतिथिमा नेपाल प्रबासि आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरी रहेको उक्त कार्यक्रममा प्रमुख अथितिका रुपमा साहित्यिक कार्यक्रमका लागि नेपालबाट कतार आउनु भएका कबि हेमन यात्री रहेका थिए ।त्यस्तै  अन्य अतिथिहरुमा सल्लहाकार धिरज चाम्लिङ , विशेष सल्लाहकार चन्द्रशेर राई, एनआरएन एआइसीसी सदस्य विनोद भट्टराई ,एनआरएनएएन सिसिका अध्यक्ष विनेश तामाङ रहेका थिए ।त्यस्तै समाजसेवी तथा बुद्धिजिविहरुमा  दिलकिरण खुजुम , बिल गुरुङ , क्रान्ति सिंह , चानकपोख्रेल लगाएकतारमा स्थापित जातीय संस्थाका थुप्रै मातृ संस्थाका पदाधिकारी तथा संघसस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको  बृहत उपस्थिति रहेको थियो ।

वि.सं.२०७३ मंसिर १५ बुधवार ११:०१ मा प्रकाशित

Himalayan Life AD
पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...