दिलकुमार श्रेष्ठ, दोहा । सुदुर पश्चिम सेवा समाज दोहा कतारको दोश्रो अधिवेशन हुदै छ । अधिवेशन आगामी सातामै हुने महासचिव महेश कार्कीले जानकारी दिए । उनका अनुसार सुप समाजको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनले आगामी कार्यकालका लागी नयाँ कार्यसमिति छनौट गर्ने छ । कार्यक्रममा उपस्थिति अतिथिहरु लगाएत सम्पूर्ण उपस्थित पाहुनाहरुलाई सुप समाजका कलाकारहरुले विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्दै मनोरन्जन प्रदान गर्ने भएका छन् ।
स्थापनाको पहिलो कार्यकालमा नै सुप सेवा समाजले आफुलाई स्थापित बनाई सकेको छ । हिमाल, पहाड तराई एकताको कामना समृद्ध समाजनिर्माण सु.प समाजको चाहना मूल नारा लिएर २०१५मा स्थापित यो संस्थामा सुदूरपश्चिमका ९ ओटा जिल्लालाई समावेश गरिएको छ । सामाजिक सेवाका साथै अन्तरिक विकास, कला, सस्कृति, र परम्पराहरुलाई प्रवासबाट भएपनि संरक्षण गर्नको लागी पहल गर्ने उदेश्य बोकेर स्थापित सुप समाजले आजको अवस्था सम्म आफ्नो उदेश्यलाई कायम राख्दै आएको छ ।
अधिवेशन यहि आउदो ९ डिसेम्बर २०१६ कादिनमा दोहाको जैदा टावर अगाडी रहेको टप फर्म रेस्टुरेन्टमा हुने भएको छ । कतारको दोहामा हुने यस कार्यक्रम दिनको ठिक १२ बजे संचालन हुने सम्पूर्ण सुदूर पश्चिमबासीहरुलाई विभिन्न सूचनाका मध्यमबाट समेत जानकारी गराइएको छ ।
अधिवेशन भब्यताका साथ सम्पन्न गर्नका लागी सम्पूर्ण सुदूरपश्चिमेली, दोहाबासी गैर सुदूरपश्चिमेली तथा कतारमा स्थापित सम्पूर्ण सामाजिक बैचारिक संघ संस्थाहरु लगाएत पत्रकार, बुद्दिजीवी, समाजसेवीहरु सबैमा उपस्थितिको लागी समाज हार्दिक आव्हान गरेको छ ।
संस्थाको नयाँ हुन इच्छुकहरुको लागी पनि आवेदन खुलेको जानकारी गराउदै पुरानो सदस्यता नविकरण नभएका सदस्यहरुले पनि छिटो भन्दा छिटो सम्पर्क गर्न अनुरोध गरेको छ । समाजका अन्य थप जानकारी चाहिएको खण्डमा भने अध्यक्ष अमृत शाही, र महासचिव महेश कार्कीसंग सिधा सम्पर्क गर्न सकिने छ ।
वि.सं.२०७३ मंसिर १५ बुधवार ११:०६ मा प्रकाशित