back

बैदेशिक रोजगारीमा जाँदै हुुनहुन्छ यी कुरा अवस्य जान्नुहोस्

वि.सं.२०७६ माघ ६ सोमवार

339 

shares
RBB AD
NTC AD

 ६ माघ, काठमाण्डौं । बैदेशिक रोजगार विभागले बैदेशिक रोजगारीमा जाने नेपाली कामदारले जान्नै पर्ने कुराहरुका बारेमा बताएको छ ।

वैदेशिक रोजगारीका नाममा नेपाली कामदारहरु विभिन्न क्षेत्रहरुमा ठगिनु परेको अवस्थालाई मध्येनजर विभागले निम्न कुरामा ध्यान दिन भन्दै कामदारलाई सचेत गराएको हो ।

यस्ता छन् विभागले जानकारी गराएको १८ बुँदा

१-आफूले सम्पर्क गरेको संस्था वैधानिक र इजाजतपत्र प्राप्त हो होइन वैदेशिक रोजगार विभागको वेवसाइट www.dofe.gov.np बाट जानकारी लिएर मात्र यकीन गर्नुहोला ।

२-विभागको वेबसाइट www.dofe.gov.np भित्र “वैदेशिक रोजगारीको खोजी“ नामको लिङ्कभित्र गई आफूले जान चाहेको मुलुक तथा कामको खोजी गर्न सकिन्छ । त्यसैगरी आफ्नो मोबाइलमा “वैदेशिक रोजगारी’ नामको एप्स डाउनलोड गरी सो मार्फत् उपलब्ध रोजगारीका अवसरको जानकारी पाउन सकिन्छ ।

३-वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिका लागि अनिवार्य अनलाइन आवेदन दिनुपर्छ ।

४- व्यक्तिगत श्रम स्वीकृतिका लागि विद्युतीय पालो प्रणाली (e-Token System) प्रयोग गरी आफू अनुकुलको कार्यालय तथा मितिमा e-(Token) लिएर मात्र जान सकिन्छ । कहिले पालो आउला भनेर अनिश्चित हुनुपर्दैन ।

५- श्रम स्वीकृति प्रयोजनको लागि अनलाइन फारम भर्दा अनिवार्य रुपमा कामदार वा नजिकका नातेदारको बैंक खाता(Bank A/C) भर्नुपर्छ ।

६- वैदेशिक रोजगारीका लागि अन्तर्वार्ताबाट छनौट भइसकेपछि मात्र भिषा लगाउने प्रयोजनका लागि इजाजतपत्रवाला संस्थालाई आफ्नो पासपोर्ट बुझाई सोको भरपाई लिनुपर्छ । त्यतिबेलै लाग्ने खर्चका बारेमा पनि राम्ररी जानकारी लिनुपर्छ ।

७- अन्तिम श्रम स्वीकृतिको जानकारी तुरुन्तै आफ्नो मोबाइलमा SMS Alert मार्फत पाइन्छ । त्यसैले फारम भर्दा अनिवार्य रुपले आफ्नो मोबाइल नम्बर राख्नुहोला ।

८-मोबाइलबाट pp (passport no) टाइप गरी 34001मा SMS गरी अन्तिम श्रम स्वीकृतिको जानकारी पाउन सकिन्छ ।

९-अन्तिम श्रम स्वीकृतिको निस्सा (e-sticker) आफ्नो इमेल ठेगानामा प्राप्त हुने तथा आवश्यकता अनुसार प्रिन्ट गरी लिन सकिन्छ । त्यसैले इमेल ठेगाना र पासवर्ड सुरक्षित राख्नुहोला ।

१०-शून्य लागत वा सरकारले तोकेको अवस्थामा तोकिए भन्दा बढी सेवा शुल्क तिर्नु पर्दैन । एजेण्टको कुराका भ्रममा नपर्नुहोला ।

११-न्यूनतम सेवा शुल्क तिर्नु परेको अवस्थामा अन्तिम श्रम स्वीकृति पाएको जानकारी प्राप्त भएपछि मात्र दिनुपर्छ ।

१२- शुल्क तिरेको प्रमाण रहने गरी बैंक मार्फत वा संस्थाको आधिकारिक व्यक्तिलाई पैसाको रसिद लिएर मात्र दिने र प्रमाण सुरक्षित राख्ने गर्नुपर्छ ।

१३- कुनै पनि एजेण्ट मार्फत वैदेशिक रोजगारी सम्बन्धमा कुनै कारोबार गर्नुहुँदैन । “एजेण्ट’ भनिएका व्यक्तिहरु कानुनीरुपमा अवैध हुने हुनाले त्यस्ता व्यक्तिहरुको जानकारी विभाग वा नजिकको प्रहरी कार्यालयलाई दिनुपर्छ ।

१४ -वैदेशिक रोजगारी सम्बद्ध ठगी वा कुनै गैरकानुनी कार्य उपर नजिकको प्रहरी कार्यालय मार्फत समेत उजुरी दिन सकिनेछ । ठगिएको अवस्थामा नजिकको प्रहरी चौकी वा जिल्ला प्रसासन कार्यालयमा उजुरी दिनुहोला ।

१५- कुनै उजुरी र गुनासो मन्त्रालयको कल सेन्टरको नं. १६६००१५०००५ तथा विभागको टोल फ्री नं. १६६००१०९९९९मा फोन गरी टिपाउन सकिन्छ ।

१६- वैदेशिक रोजगारीमा जानु अघि कुनै द्विविधा भए वैदेशिक रोजगार विभाग, बुद्धनगरमा सम्पर्क राख्न सक्नुहुनेछ ।

१७–उडान हुनुभन्दा कम्तीमा २ दिन अगावै श्रम स्वीकृति लिइसक्नुहोला । श्रम स्वीकृति पछि करारपत्र लगायतको पुनः अध्ययन गरी कागजातहरु एकप्रति आफ्ना नातेदारलाई छाड्नुहोला ।

१८-सीप सिकेर जानेहरुलाई कम्पनीमा राम्रो तलब, आवास र अन्य सुविधा हुन्छ । त्यसैले सीप सिक्नमा लगानी गर्नु भनेको आफैंमा लगानी गर्नु हो । जनचेतनाका लागि विभागले तयार पारेको ‘धनीरामको उडान’ लघुचलचित्र यूट्युबमा हेर्न सक्नुहुनेछ ।

 

वि.सं.२०७६ माघ ६ सोमवार १०:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ललितपुर डढेलोमा परेका अर्का घाइतेको पनि मृत्यु

ललितपुर डढेलोमा परेका अर्का घाइतेको पनि मृत्यु

पाटन (ललितपुर) । गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको...

महानगरले काट्यो एलओडी र दोहोरी साझ लगायतलाई चेतावनीसहितको पत्र

महानगरले काट्यो एलओडी र दोहोरी साझ लगायतलाई चेतावनीसहितको पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा मनोरन्जन क्षेत्रमा संचालित दोहोरी साँझ,...

मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

फिक्कल (इलाम) । आज बिहान यहाँ सवारी दुर्घटना हुँदा एक...

मधेससहित तीन प्रदेशमा हुरीबतासको चेतावनी

मधेससहित तीन प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

अन्तर्राष्ट्रिय श्रमिक दिवस आज

अन्तर्राष्ट्रिय श्रमिक दिवस आज

काठमाडौँ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास,...

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति...