back

यसकारण मरे दाङ झरेका २०० भेडा

वि.सं.२०७६ माघ १७ शुक्रवार

507 

shares

१७ माघ, दाङ । हिउँदमा पूर्वी रुकुमका उत्तरी भेगमा प्राय हिउँपर्ने हुँदा त्यहाँ पशुपालक कृषक चिसो छल्न भन्दै आफ्ना पशु चौपायालाई बेंसीतिर झार्छन् । मङ्सिरको शुरुआतसँगै उनीहरुले आफूले पालेका चौपाया भेडा बाख्रालाई चिसोबाट जोगाउन र चराउन दक्षिणी भेगका ल्याउने गर्छन् ।

पूर्वी रुकुमको भूमे गाउँपालिका वडा नं १ लुकुमका चार जना भेडापालक किसान पनि यो वर्ष भेडालाई चिसोबाट जोगाउन भन्दै आफूहरुले पालेका सयौँ भेडा बाख्रा साथमा लिएर मङ्सिर दोस्रो साता दाङतिर झरेका थिए । विगत वर्षमा उनीहरुले जिल्लाका दक्षिणी भेगमा बथान सारेर हिउँदभर राख्ने गरेकामा यो वर्ष चरन राम्रो हुने, चिसो धेरै नहुने हुँदा भेडालाई रामो हुने भन्दै दाङ झरेका थिए । तर, चरनका लागि दाङ ल्याएको २०० भेडा अज्ञात रोगले मरेका छन् ।

मङ्सिर १० गते रुकुमबाट हिँडेका उनीहरु पुस २९ गतेमात्रै घोराही उपमहानगरपालिका वडा नं १९ को पाँच पोखरीमा आइपुगेको भेडा किसान प्रेमबहादुर पुनले बताए । करिब दुई महिनाअघि प्रेमबहादुरसहित भेडाको बथान लिएर हिँडेका धर्म बुढामगर, धर्मकुमारी पुन र रामकृष्ण पुन रोल्पाको जलजला, भनभने, थामा हँदै घोराही उपमहानगरपालिका वडा नं १९ को पाँचपोखरीमा आइपुगेका थिए । उनीहरुले घरबाट आउँदा करिब ४०० बढी भेडा बाख्रा साथमा लिएर हिँडेका थिए ।

भेडा किसान प्रेमबहादुर पुनका अनुसार उनले १२०, धर्म बुढाले पनि १२० वटा, धर्मकुमारी पुनका ११५ र रामकृष्ण पुनले ११५ वटा भेडा लिएर दाङ आएका थिए । चार सय बढी भेडा बाख्रा चराउन हिँडेका ती किसानको भेडाको अवस्था भने अहिले ठीक छैन । केही दिनयता अचानक भेडा मर्न थालेका छन् । बितेको दुई हप्तामा उनीसँगै रहेका भेडामध्ये करिब २०० बढी मरेका छन् । दैनिक सरदर १०/१२ वटासम्म भेडा मर्ने गरेको प्रेम बुढाले बताए ।

उनका अनुसार भेडामा मुख पाक्ने, पखाला लाग्ने र झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको छ । तर साथमा रहेका केही बाख्रामा भने यो समस्या नदेखिएको उनले बताए । अचानक अज्ञात रोगका कारण भेडा मर्न थालेपछि उनीहरुको चिन्ता बढेको छ ।

उनीहरुले बिन्ती बिसाउँदै भने, “हाम्रो रोजीरोटी यही हो, हामी बर्बाद भयौँ यहाँ उपचार गराउने ठाउँ कहाँ छ भन्ने पनि थाहा छैन, सहयोग गरिदिन अनुरोध छ ।” एक महिनाको बीचमा उनीहरुले पालेको करिब २०० बढी भेडा मरेका छन् । धर्मकुमारीका अनुसार रोल्पाको माडी भन्ने ठाउँमा आउँदा भेडामा समस्या देखिएको थियो ।

शुरुमा चिसोका कारण भेडा मरेको होला भनेर सामान्यरुपमा लिएको उनले बताए तर अहिले भकाभक दिनमा १० वटासम्म मर्न थालेपछि भेडाको बथान नै सकिने होकी भन्ने पिरले सताएको उनको भनाइ छ । उनीहरुले हाल भेडा चराउन राखेको स्थान पाँच पोखरी बस्तीभन्दा करिब ५०० मिटर पर जङ्गल क्षेत्र हो । भेडामा देखिएको समस्या समाधानका लागि उनीहरुले स्थानीयलाई खबर गरे कसैले चासो नलिएको गुनासो गरे ।

यसैबीच पाँचपोखरीमा ल्याइएका भेडा मर्दा किसान समस्यामा परेकाबारे घोराही उपमहानगरपालिका वडा नं १९ का वडा सदस्यजंग रोकाले आफूलाई जानकारी भए पनि के कारणले मरेका हुन् भन्नेबारे यकिन गर्न नसकिएको बताए । दाङको विकट, सञ्चारविहीन र जङ्गल क्षेत्र भएका कारण यसबारेमा यहाँका स्थानीय प्रशासनलाई जानकारी हुन सकेको छैन । (रासस)

वि.सं.२०७६ माघ १७ शुक्रवार १६:०२ मा प्रकाशित

Himalayan Life AD
वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास (गुल्मी) । रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा...

तुलसीपुरमा मौरीका चाका बनाउने उद्योग स्थापना

तुलसीपुरमा मौरीका चाका बनाउने उद्योग स्थापना

तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अशोककुमार शर्माले कुनै...

अतिक्रमित घर टहरा हटाउन सुरु

अतिक्रमित घर टहरा हटाउन सुरु

नेपालगञ्ज । रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घर टहरा...

सेजको भाडादर घट्दा उद्योगी उत्साहित

सेजको भाडादर घट्दा उद्योगी उत्साहित

भैरहवा (रुपन्देही) । भैरहवामा सञ्चालनमा रहेको विशेष आर्थिक क्षेत्र (सेज)...

जेनजी आन्दोलनका सहिदः जेनजी सहिद परिवारको माग : दोषीमाथि अविलम्ब कारबाही होस्

जेनजी आन्दोलनका सहिदः जेनजी सहिद परिवारको माग : दोषीमाथि अविलम्ब कारबाही होस्

नेपालगन्ज । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा...