back
CTIZAN AD

तुलसीपुरमा मौरीका चाका बनाउने उद्योग स्थापना

वि.सं.२०८२ मंसिर ११ बिहीवार

459 

shares

तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अशोककुमार शर्माले कुनै समय मौरीकालागि बाहिरी देशबाट चाका ल्याउनुपथ्र्यो । कहिल्यै भारतबाट त कहिल्यै चीनबाट चाका ल्याएर मौरी पालन गर्नुपर्ने अबस्था थियो । तर, अहिले मौरीका चाका तयार गरेर आफूले पनि प्रयोग गर्ने गरेको र बाहिरी जिल्लामा पनि निर्यात गर्दै आएका छन् । “पहिले बाहिरबाट ल्याउथेँ”, उनले भने “ तर अहिले आफैँ चाका उत्पादन गरेर निर्यात गर्दै आएको छु ।”

उनले दाङसहित रुकुम पश्चिम, सल्यान, रोल्पा, प्यूठान, बाँकेलगायतका जिल्लामा निर्यात गर्ने गरेको बताउनुभयो । शर्माले सञ्चालन गरेको आचार्य माहुरी कृषि तथा पशुपक्षी फर्ममा ५० प्रतिशत अनुदानमा मेसिन ल्याएपछि यसरी चाका बनाउन थालेका हुन् । आर्थिक वर्ष २०८१÷०८२ मा मेसिन ल्याएर चाका उत्पादन सुरु गरिएको हो । गएको वर्ष मात्रै १० क्वीन्टल आधार चाका उत्पादन भएको उहाँले बताउनुभयो । यस वर्ष १५ क्वीन्टल जति उत्पादन गर्ने लक्ष्य रहेको शर्माले बताए । चाकालाई एक हजार रुपैँया किलोका दरले बिक्री हुने गरेको छ । स्थानीय स्रोत साधनलाई प्रयोग गरेर चाका बनाउने गरिएको छ । “हामीले भारत, चीनबाट ल्याउँदा रसायन भएको हुन्थ्यो”, उनले भने “तर हामीले उत्पादन गरेका चाकामा त्यस्तो समस्या छैन, मौरीले पनि धेरै मन पराउछन् ।” चाकाबाटै गएको वर्ष पाँच लाख आम्दानी गरेको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (मौरी सुपरजोन) परियोजनाले ५० प्रतिशत अनुदानमा उक्त मेसिन उपलब्ध गराएको हो ।

मौरी पालनबाट आम्दानी

उनले मौरी पालन पनि गर्दै आएका छन् । २०६२ सालदेखि मौरी पालन गर्दै आउनुभएका उहाँले वार्षिक १५ क्वीन्टलसम्म मह उत्पादन गर्ने गरेको बताए । जसमा खुद आम्दानी वार्षिक पाँच लाखसम्म हुने गरेको छ । उहाँले मेलिफेरा जातको मौरी पालन गर्दै आएका छन् । ५० घार मौरी पालन गर्ने गरेको शर्माको भनाइ छ । उत्पादन गरेको मह दाङसहित विभिन्नि जिल्लामा निर्यातसमेत हुने गरेको छ ।

वि.सं.२०८२ मंसिर ११ बिहीवार १६:५१ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...