back

गणतन्त्रले गुणात्मक परिवर्तनको प्रतिनिधित्व गरेको छ-अध्यक्ष प्रचण्ड

वि.सं.२०७७ जेठ १५ बिहीवार

186 

shares
NTC AD
Global IME AD

१५ जेठ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रले गुणात्मक परिवर्तनको प्रतिनिधित्व गरेको बताएका छन् ।

राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार मात्र होइन, गुणात्मक परिर्वतनको प्रतिनिधित्व गरेको बताएका हुन् ।

‘यो नयाँ राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकार सहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ ।’ अध्यक्ष प्रचण्डले भनेका छन् ।

उनले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरू एकतावद्ध भई जन–अपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको समेत बताएका छन् ।

‘विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिनु हुने सम्पूर्णको उच्च प्रशंसा गर्दै यस ऐतिहासिक दिवसका अवसरमा सबैको सुस्वास्थ्य र प्रगतिको कामना गर्दछु ।’ अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् ।

 

वि.सं.२०७७ जेठ १५ बिहीवार ०८:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सङ्खुवासभामा आगलागी हुँदा रु १९ लाख बढीको क्षति

सङ्खुवासभामा आगलागी हुँदा रु १९ लाख बढीको क्षति

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका...

बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान

बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान

चैनपुर (बझाङ) । बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा...

हावाहुरीका कारण भूकम्प प्रभावित ४० परिवारका घरमा क्षति

हावाहुरीका कारण भूकम्प प्रभावित ४० परिवारका घरमा क्षति

बाजुरा । आज यहाँ आएको हावाहुरीका कारण ठूलो क्षति भएको...

लगानी सम्मेलनमा एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

लगानी सम्मेलनमा एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौँ । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका...

अध्यक्ष अग्रवाल भन्छन्-लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन

अध्यक्ष अग्रवाल भन्छन्-लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी...