back

कोरोना संक्रमणबाट रुपन्देहीमा थप २ जनाको मृत्यु

वि.सं.२०७७ कात्तिक ५ बुधवार

177 

shares
RBB AD
NTC AD

५ कात्तिक, रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उपमहानगरपालिका वडा नं १७ का ८१ वर्षीय पुरुषको बुधबार विहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

असोज २७ गते कोरोना पोजेटिभ भई कोरोना विशेष अस्पताल बुटवलमा उपचार गराइरहेका उनको बुधबार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनमा ज्वरो, मधुमेह, प्रेसर र स्वास प्रश्वासमा समस्या रहेको थियो ।

त्यसैगरी उपमहानगरकै वडा नं ११ निवासी ४७ वर्षीय पुरुषको पनि बुधबार बिहान १ः१० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।
असोज २४ गते कोरोना पोजेटिभ देखिएपछि सोहिदिन कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएका उनको बुधबार बिहान मृत्यु भएको हो । उनमा ज्वरो र स्वासप्रश्वासको समस्या रहेको अस्पताले जनाएको छ ।

वि.सं.२०७७ कात्तिक ५ बुधवार १५:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

लताप,धादिङ । साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने...

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

साउन १ देखि पशुपति आर्यघाटको विद्युत् गृह निःशुल्क गरिने

साउन १ देखि पशुपति आर्यघाटको विद्युत् गृह निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि...

डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च...

जापानमा ९० लाख घर खाली

जापानमा ९० लाख घर खाली

टोकियो । जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९०...