back

पश्चिमी वायुको प्रभावले वर्षाको सम्भावना

वि.सं.२०७७ फागुन १५ शनिवार

144 

shares
NTC AD
Global IME AD

१५ फागुन, काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ ।

पश्चिमी वायुको आंशिक प्रभावले आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थान मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

उनका अनुसार पश्चिमी वायु कमजोर रहेकाले ठूलो वर्षा सम्भावना रहेको छैन । हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा हल्का हुस्सु÷कुहिरो लागेको छ ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावनाका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २४ दशमलव सात डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।

वि.सं.२०७७ फागुन १५ शनिवार १२:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सङ्खुवासभामा आगलागी हुँदा रु १९ लाख बढीको क्षति

सङ्खुवासभामा आगलागी हुँदा रु १९ लाख बढीको क्षति

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका...

बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान

बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान

चैनपुर (बझाङ) । बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा...

हावाहुरीका कारण भूकम्प प्रभावित ४० परिवारका घरमा क्षति

हावाहुरीका कारण भूकम्प प्रभावित ४० परिवारका घरमा क्षति

बाजुरा । आज यहाँ आएको हावाहुरीका कारण ठूलो क्षति भएको...

लगानी सम्मेलनमा एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

लगानी सम्मेलनमा एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौँ । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका...

अध्यक्ष अग्रवाल भन्छन्-लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन

अध्यक्ष अग्रवाल भन्छन्-लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी...