back

आत्मालोचना गर्दै बैद्यले भने–आवेशमा आएर बोलें अभिव्यक्ति फिर्ता लिएँ

वि.सं.२०७८ जेठ २९ शनिवार

144 

shares
RBB AD
NTC AD

२९ जेठ, काठमाडौं । वागमती प्रदेशसभा सांसद नरोत्तम बैद्यले आवेशमा आएर आफूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएको बताएका छन् ।

शुक्रबार वागमती प्रदेशसभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले आवेशमा आएर आफूले प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति दिएको भन्दै आत्मालाचना सहित उक्त अभिव्यक्ति फिर्ता लिएका हुन् ।

आफु गान्धिवादी भएको र हत्याहिंसामा कुनै विश्वास नगर्ने बताएका सांसद बैद्यले आत्मालोचनासहित शुक्रबार आफुले दिएको अभिव्यक्ति फिर्ता लिँदै संसदको रेर्कडबाट हटाउन समेत अनुरोध गरेका थिए ।

उनले उक्त अनुरोध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार प्रधानमन्त्रीविरुद्ध उनले बोलेको अभिव्यक्ति रेर्कडबाट हटाउन निर्देशन दिएका थिए ।

वैद्यले दिएको उक्त अभिव्यक्तिको चौतर्फि आलोचना भएको छ भने उनको पार्टी नेपाली कांग्रेसले पनि बैद्यलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो भने नेकपा एमालेले उनको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय रहेको  बताएको थियो  भने वागमती प्रदेश संसदीय दलले  लिखित रुपमै आत्मालोचना गर्नुपर्ने माग गरेको थियो ।

विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न बैद्यलाई कांग्रेसको आग्रह, के भनेका थिए र बैद्यले ?

वि.सं.२०७८ जेठ २९ शनिवार १२:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पालिकाकाे पर्यटकीयस्थल प्रवर्द्धनका लागि बृहत् ‘सम्पदा पदयात्रा’

पालिकाकाे पर्यटकीयस्थल प्रवर्द्धनका लागि बृहत् ‘सम्पदा पदयात्रा’

काठमाडौ । चन्द्रागिरि नगरपालिकाभित्र रहेको धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थलका...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै...

पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता...

सुनको मूल्यमा एक हजारले गिरावट, आज कति छ प्रतितोला ?

सुनको मूल्यमा एक हजारले गिरावट, आज कति छ प्रतितोला ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

डढेलो नियन्त्रण र प्रभावितलाई तत्काल राहत वितरण गर्न नेफेजको आग्रह

डढेलो नियन्त्रण र प्रभावितलाई तत्काल राहत वितरण गर्न नेफेजको आग्रह

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले देशभर विभिन्न ठाँउमा...

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौँ । नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ ।...