काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने भएका छन् ।
भाजपाकै निमन्त्रणामा शुक्रबारदेखि तीनदिने भारत भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग र शनिबार विदेश सचिव एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले लगायतसँग भेटवार्ता गरेका थिए ।
त्यसैगरी शनिबार नै नयाँ दिल्लीमा आयोजित एक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै नेपाल–भारत बीचको १९५० को सन्धि पुनरावलोकन गनुपर्ने आवस्यकता रहेको बताउँदै सबै द्विपक्षीय बिषयहरु कुटनीतिक माध्यमबाट समाधान गर्न समेत अपील समेत गरेका थिए ।
त्यसैगरी प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि भेट गर्ने र आजै बेलुका स्वदेश फर्किनेछन् ।
वि.सं.२०७९ साउन १ आइतवार ०८:४३ मा प्रकाशित




























