back
CTIZAN AD

पूर्वी नाकाबाट चार करोडको जडीबुटी निर्यात

वि.सं.२०८० साउन १० बुधवार

1K 

shares

झापा । नेपालको पहाडी तथा हिमाली जिल्लामा पाइने १४ प्रकारका जडीबुटी भारतमा निकासी हुने गरेको छ । जडीबुटीको निकासीका कारण स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको छ भने भारतसँगको व्यापार घाटापूर्तिमा योगदान पुगेको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका भएर पछिल्लो एक वर्षमा रु चार करोड ३० लाख छ हजार मूल्य बराबरको दुई सय ९० मेट्रिक टन जडीबुटी भारत निकासी भएको छ । पूर्वी नाकाबाट भारततर्फ निकासी हुने मालसामानमा जडीबुटी मुख्य वस्तु हो । यसबाहेक भेनियर काठ, मसाला बाली, औद्योगिक बालीलगायतका वस्तु निर्यात हुँदै आएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/०८० मा काँकडभिट्टा नाका भएर निर्यात भएको सबैभन्दा बढी मूल्यको जडीबुटी चिराइतो हो । त्यसपछि क्रमशः मजिठो र पदमचाल धेरै निर्यात भएको छ ।

उनका अनुसार विगत एक वर्षमा रु दुई करोड ५४ लाख ४० हजार मूल्य बराबरको एक सय २७ मेट्रिक टन चिराइतो, रु एक करोड १३ लाख २३ हजार दुई सय मूल्य बराबरको ६७ मेट्रिक टन मजिठो र रु १३ लाख ६५ हजार तीन सय मूल्य बराबरको १२ मेट्रिक टन पदमचाल भारत निर्यात भएको छ ।

चिराइतो नेपालको एक हजार दुई सयदेखि तीन हजार मिटर उचाइको पहाडी भूभागमा पाइने बहुऔषधीय गुणयुक्त जडीबुटी हो । ‘स्वरसिया चिराता’ वैज्ञानिक नाम भएको चिराइतो महँगोमा बिक्री हुने जडीबुटी मानिन्छ । आयुर्वेदमा यसको औषधीय गुणको वर्णन गरिएको छ ।

औलोको ज्वरो, रगतमासी, महिनावारी गडबडी, कब्जियत, घाउ, खटिरा आदि रोगमा यसको सेवन औषधि हुने बताइएको छ । तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरलगायतका जिल्लामा यसको प्रचुर उत्पादन हुँदै आएको छ ।

मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरा आदि जिल्लामा पनि प्राकृतिकरूपमै चिराइतो उम्रने गरेको पाइन्छ ।

शक्तिबद्र्धक औषधिका रूपमा मानिएको पदमचाल नेपालको उच्च हिमाली भेगमा पाइने जडीबुटी हो । दोलखा, गोरखा, लमजुङ, म्याग्दी, रुकुम, पर्वत, कालीकोट, दैलेख, जाजरकोटलगायतका जिल्लामा पर्याप्त मात्रामा पाइने यसको व्यावसायिक खेतीसमेत हुन थालेको छ । मजिठो पनि नेपालको पहाडी भेगमा पाइने जडीबुटीजन्य वनस्पति हो । प्यारालाइसिस, अल्जाइमर्स, छालासम्बन्धीलगायतको रोगमा यसको प्रयोग हुने गरेको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट आव २०७९/०८० मा रु १५ लाख २१ हजार मूल्यको १३ मेट्रिक टन अमला, रु ११ लाख २२ हजार मूल्य बराबरको २८ मेट्रिक टन चुत्रोको बोक्रा, रु एक लाख ६६ हजार मूल्य बराबरको एक हजार एक सय मेट्रिक टन कुरिलो, रु आठ लाख ८५ हजार मूल्य बराबरको २५ मेट्रिक टन धुलो धुप, रु ४० हजार मूल्य बराबरको नागबेली, रु ११ हजार मूल्य बराबरको सिस्नोको जरा, रु नौ लाख २४ हजार मूल्य बराबरको १४ मेट्रिक टन रिठ्ठा र रु एक लाख ९५ हजार मूल्य बराबरको एक हजार पाँच सय मेट्रिक टन जटामसी भारत निर्यात भएको छ ।
रासस/फाइल फोटो

वि.सं.२०८० साउन १० बुधवार २२:४३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...