back

पालिकाले दिन थाल्यो ‘मोबाइल एप्स’बाट किसानलाई कृषि परामर्श

वि.सं.२०८० भदौ २४ आइतवार

198 

shares
RBB AD
NTC AD

भरतपुर (चितवन) । चितवनको कालिका नगरपालिकाका किसानले ‘मोबाइल एप्स’ मार्फत कृषि परामर्श लिन थालेका छन् । उनीहरुले कृषि बालीमा देखिने समस्याको समाधान, विषादीको प्रयोग र बजार मूल्यको जानकारी एप्समार्फत लिने गरेका हुन् ।

कालिका नगरपालिका–५ का दिपक महतोे बालीमा समस्या देखा पर्दा परामर्श लिन निकै सकस हुने गरेकामा यतिखेर भने एप्सका कारण समस्या नभएको बताउछन् । उनले घरमै बसेर मोबाइलबाट नै परामर्श लिन थालेका छन् ।

“उत्पादित वस्तुको फोटो खिचेर जिओ कृषि एपमा राख्दिन्छौँ, मूल्य र परिमाण पनि त्यसैमा हुन्छ”, खुसी हुँदै महतोले भने, “त्यहाँबाट विषादी कुन हाल्ने, के समस्या देखियो भन्ने सुझाव आउँछ ।” उनले बजार मूल्य पनि त्यही एपमार्फत हेर्ने गर्छन् । मूल्य पाउना साथ एपमार्फत बिक्री गर्दै आएको उनले जानकारी दिए ।

“मोबाइलमा एपबाट मूल्य हेर्न पाउने हुँदा विचौलियाले खान पाएका छैनन”, उनले भने, “बाख्रालाई समस्या पर्दासमेत मोबाइलबाट नै परामर्श लिने गरेको छु ।” उनको पाँच बाख्रा छन् । विगतमा उनलाई कृषि प्राविधिकसँग भेट्न दिनभरको समय खर्च गर्नु पर्दथ्यो । आजभोलि कृषि प्राविधिकको आवश्यकता नपरेको उनले बताए ।

पदमपुरको दिप सामाजिक उद्यम महिला सहकारी कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएर कुहिने गरेको थियो । अहिले त्यस्तो समस्या छैन । समूहमा आबद्ध तीन सय ५८ महिलाले फलाएको तरकारी तथा फलफूल ‘जिओ कृषि’ नामक मोबाइल एपमार्फत प्रदर्शन गरेर बिक्री गरिरहेको संस्थाकी अध्यक्ष खिमा चौधारीले बताईन् ।

सहकारी संस्थाले महिलालाई मोबाइल एप चलाउनका लागि १५ दिनको प्रशिक्षण दिएको थियो । अहिले कृषिसम्बन्धी एप खोजेर मोबाइलमा ‘इन्स्टल’ गर्छन् । उनीहरुले घरबाट नै कृषिसम्बन्धी परामर्श लिन थालेका छन् । मौसम, बीउबिजन, मल खाद, सिँचाइ, बिरुवा उत्पादनलगायत विषयमा जानकारी लिन एप उपयोगी हुने गरेको उनिले बताईन् ।

सहकारी संस्थामा डिजिटल टिभीसमेत जडान गरिएको छ । त्यहाँ ई चौतारी कार्यक्रम सञ्चालन गरिने संस्थाकी व्यवस्थापक रिना चौधरी बताउछिन् । “विज्ञहरुलाई ल्याएर किसानको समस्या समाधान खोज्ने प्रयास गरेका छौँ”, उनिले भनिन्, “विज्ञका सुझाव मोबाइल एपमा राख्छौँ ।”

कालिका नगरपालिका–५ र २ का महिलाले कृषि एप प्रयोग गर्ने गरेका छन् । प्रविधितर्फ किसानको आकर्षणसमेत बढ्दै गएको जिओ कृषिका कार्यक्रम अधिकृत प्रेम कुँवर बताउछन् । उनका अनुसार १५ प्रतिशत महिलाले कृषि एपमार्फत सम्पूर्ण जानकारी लिने गरेका छन् भने संस्थाले एप चलाउनका लागि महिलालाई तालिमसमेत दिँदै आएको छ ।

यो आधुनिक प्रविधियुक्त स्मार्ट एप हो । त्यसमा किसानले आफ्नो मोबाइलमार्फत बैंकले उपलब्ध गराएको एप्लिकेसन सफ्टवेयर प्रयोग गरी कृषिसम्बन्धी विभिन्न कारोबार सहज, सरल र सुरक्षित तरिकाले गर्न सक्छन् । किसानले मौसम, कृषि सामग्रीको उपलब्धता, कृषिसम्बन्धी कारोबार र कृषि बीमा तथा अनुदानको जानकारी पाउन सक्छन् ।

कृषि व्यवसायको प्राविधिक ज्ञान, उत्पादनको भण्डारण, प्रशोधन तथा बजारीकरण सम्बन्धी सूचना र कृषि फार्मका सफल अभ्यासको जानकारी पनि किसान एपबाट लिन सकिन्छ । नगरपालिकाको कृषि शाखामा कृषिसम्बन्धी गतिविधि हेर्न मिल्ने डिजिटल मेसिन राखिएको छ ।

उद्यमशिलतामा जोडिनका लागि सो नगरपालिकाका सबै वडाका उद्यमीलाई मोबाइल एप जडान गर्ने प्रयासमा रहेको नगरप्रमुख विनोद रेग्मीले बताए । “वडा नं ६ र ५ मा डिजिटल स्क्रिनमार्फत कृषिसम्बन्धी जानकारी दिने र उपचारका विषयमा जानकारी दिने गरेका छौँ”, उनले भने, “११ वटै वडामा एपको व्यवस्थापन गर्ने प्रयासरत छौँ ।” उनले एपमार्फत महिला उद्यमीलाई जोड्ने योजना रहेको बताए । डिजिटल प्रविधिमा जाँदा समयको बचतका साथै ठगिने सम्भावना कम हुने उनकोे भनाइ छ ।

वि.सं.२०८० भदौ २४ आइतवार १४:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पालिकाकाे पर्यटकीयस्थल प्रवर्द्धनका लागि बृहत् ‘सम्पदा पदयात्रा’

पालिकाकाे पर्यटकीयस्थल प्रवर्द्धनका लागि बृहत् ‘सम्पदा पदयात्रा’

काठमाडौ । चन्द्रागिरि नगरपालिकाभित्र रहेको धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थलका...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै...

पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता...

सुनको मूल्यमा एक हजारले गिरावट, आज कति छ प्रतितोला ?

सुनको मूल्यमा एक हजारले गिरावट, आज कति छ प्रतितोला ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

डढेलो नियन्त्रण र प्रभावितलाई तत्काल राहत वितरण गर्न नेफेजको आग्रह

डढेलो नियन्त्रण र प्रभावितलाई तत्काल राहत वितरण गर्न नेफेजको आग्रह

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले देशभर विभिन्न ठाँउमा...

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौँ । नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ ।...