back
CTIZAN AD

मनोरम दृश्य र स्थानीय परिकारको स्वाद लिन सुन्तले बाघखोरमा दैनिक दर्जनौँ पर्यटक

वि.सं.२०८० असोज ८ सोमवार

681 

shares

भोजपुर । भोजपुर सदरमुकामबाट छोटो दूरीमा पर्ने पर्यटकीयस्थल सुन्तले, बाघखोर पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको छ । सदरमुकामबाट करिब दश किलोमिटर दूरीमा सुन्तले र बाह्र किलोमिटरको दूरीमा पर्ने बाघघोर मुख्य पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएका हुुन् ।

स्थानीय परिकारको स्वाद लिँदै सगरमाथा, मकालु कञ्चनगङ्घा, गौरीशङ्खरलगायत हिम शृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङ डाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर खोटाङको सिमानाको चखेवाभञ्जाङको सुन्दर दृश्यावलोकन गर्न पर्यटक यहाँ पुग्ने गरेका छन् ।

पर्यटकलाई लक्षित गरेर भ्यू टावरसँगै, वन भोजस्थलसमेत निर्माण गरिएको छ । यो स्थान समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा अवस्थित छ । जहाँ दैनिक दर्जनौँको सङ्ख्यामा आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । लोकल कुखुरा र कोदोको ढिडो, तोङ्वा, सुकुटी स्थानीय आलुु तथा अन्य स्थानीय परिकारको स्वाद लिन पर्यटक पुग्ने गरेका छन् ।

भोजपुर सदरमुकाम र दिङ्ला सडक खण्डमा पर्ने यी स्थानमा पुग्नको लागि पर्यटकलाई सहजता छ । खास गरेर सहरी जीवनको व्यस्तताबाट थोरै समय लिएर घुम्न जानेको लागि सबैभन्दा उपयुक्त गन्तव्य बनेको छ । सडक सञ्जालको विस्तारसँगै पछिल्लो समय यहाँ चहलपहल पनि बढ्न थालेको देखिन्छ ।

सुन्तले, बाघखोरमा राई, शेर्पा र तामाङ समुदायको बसोबास रहेको छ । स्थानीय परिकारले पनि पर्यटकलाई लोभ्याउने माध्यम बनको छ । घुम्न आउने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको बाघखोरमा व्यवसाय गर्दै आएका गणेश तामाङले जानकारी दिए । यो क्षेत्रको अझ विकास गर्नसके पर्यटकको सङ्ख्या बढ्ने तामाङको भनाइ छ ।

“सदरमुकामबाट छोटो दूरीमा पर्ने भएकाले यो ठाउँमा घुमघामको लागि धेरैको सङ्ख्यामा मानिस आउने गरेका छन”, उनले भने, “यहाँको मनोरम दृश्य र स्थानीय परिकारको स्वाद लिन मानिस आउने गर्दछन् ।” प्रायः भोजपुर आएका मानिस एक पटक सुन्तले बाघखोर आउने गरेको तामाङको भनाइ छ । पर्याप्त पूर्वाधार नभएको कारण धेरैको सङ्ख्यामा पर्यटको खण्डमा भने व्यवस्थापनामा कहिलेकाहीँ समस्या हुने गरेको तामाङको भनाइ छ ।

नगरपालिकाको सहयोगमा बाघखोरमा बुद्धको मूर्ति, बाघको मूर्ति निर्माण भएको छ । यो पनि यहाँको आकर्षणको केन्द्रको रुपमा रहेको छ । असोज महिनापछि पर्यटकको आवगमन अझ बढी हुने व्यवसायी तामाङले बताए ।

पर्यटकलाई लक्षित गरेर यहाँ धुपी, चाइनिज गुलाब, चाँप, लालीगुराँस लगायतका गरी एक हजार बिरुवा रोपिएको छ । त्यस्तै चिया खेती विस्तार गर्ने लक्ष्यसमेत रहेको तामाङको भनाइ छ । पुस, माघमा हुने हिमपातको मनोरम दृश्यावलोकन गर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । सदरमुकामको नजिकको पर्यटकीय क्षेत्र तथा उत्तरको व्यापारिक केन्द्र दिङ्ला बजार जोड्ने सडक यही क्षेत्रबाट गएकाले पर्यटकलाई पुग्न सहज रहेको छ ।

विगतमा पानी, विद्युत्् तथा सडकको समस्या भए पनि अहिले त्यस्तो समस्या नरहेको स्थानीय मचिन्द्र राईले बताए । बर्सातको समयमा भने कच्ची सडक भएको कारण आवतजावतमा केही समस्या हुने उनकोे भनाइ छ । सडकको स्तरोन्नोतिसँगै होमस्टे ९घर बास०सञ्चालनमा सरकारले सहयोग गरे टेवा पुग्ने राईले बताउनुभयो ।

“विगतमा यहाँ धेरै समस्या थिए”, राईले भन्नुभयो, “अहिले, पानी, विद्युत्, इन्टरनेट केहीको समस्या छैन । सरकारले सामूहिक होमस्टे सञ्चालनमा सहयोग गरे आउने पर्यटकलाई अझ सहज हुने थियो । घुम्न तथा वनभोज खान धेरै मानिस आउने गर्दछन् ।” देशभित्रका आन्तरिक पर्यटकको सङ्ख्या बढे पनि बाह्य पर्यटकको आवगमनलाई बढाउन सडक विस्तारसँगै पूर्वाधारको विकासमा जोड दिनुपर्ने स्थानीय सूर्य गोलेले बताए । पर्यटकलाई लक्षित गरेर भोजपुर, सुन्तले, साल्पापोखरी हुँदै सोलुसम्म सडक तथा पदमार्ग निर्माण गर्नसके बाह्य पर्यटक ल्याउन सहज हुने तामाङको भनाइ छ ।

“सुन्तले, बाघखोर पर्यटकको रोजाइमा पर्ने स्थान हुन, उनले भने, “भोजपुर आउने अधिकांश मानिस यहाँ पुगेर मात्र फर्केने गर्दछन् । सदरमुकाम नजिक रहेकाले मानिसलाई पुग्ने र फर्कन धेरै समयमा लाग्दैन ।” सुन्तलेमा २० र बाघखोरमा आठ घर स्थानीयको बसोबास रहेको छ । रासस

 

वि.सं.२०८० असोज ८ सोमवार १०:४८ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...