back

मनोरम दृश्य र स्थानीय परिकारको स्वाद लिन सुन्तले बाघखोरमा दैनिक दर्जनौँ पर्यटक

वि.सं.२०८० असोज ८ सोमवार

156 

shares
RBB AD
NTC AD

भोजपुर । भोजपुर सदरमुकामबाट छोटो दूरीमा पर्ने पर्यटकीयस्थल सुन्तले, बाघखोर पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको छ । सदरमुकामबाट करिब दश किलोमिटर दूरीमा सुन्तले र बाह्र किलोमिटरको दूरीमा पर्ने बाघघोर मुख्य पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएका हुुन् ।

स्थानीय परिकारको स्वाद लिँदै सगरमाथा, मकालु कञ्चनगङ्घा, गौरीशङ्खरलगायत हिम शृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङ डाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर खोटाङको सिमानाको चखेवाभञ्जाङको सुन्दर दृश्यावलोकन गर्न पर्यटक यहाँ पुग्ने गरेका छन् ।

पर्यटकलाई लक्षित गरेर भ्यू टावरसँगै, वन भोजस्थलसमेत निर्माण गरिएको छ । यो स्थान समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा अवस्थित छ । जहाँ दैनिक दर्जनौँको सङ्ख्यामा आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । लोकल कुखुरा र कोदोको ढिडो, तोङ्वा, सुकुटी स्थानीय आलुु तथा अन्य स्थानीय परिकारको स्वाद लिन पर्यटक पुग्ने गरेका छन् ।

भोजपुर सदरमुकाम र दिङ्ला सडक खण्डमा पर्ने यी स्थानमा पुग्नको लागि पर्यटकलाई सहजता छ । खास गरेर सहरी जीवनको व्यस्तताबाट थोरै समय लिएर घुम्न जानेको लागि सबैभन्दा उपयुक्त गन्तव्य बनेको छ । सडक सञ्जालको विस्तारसँगै पछिल्लो समय यहाँ चहलपहल पनि बढ्न थालेको देखिन्छ ।

सुन्तले, बाघखोरमा राई, शेर्पा र तामाङ समुदायको बसोबास रहेको छ । स्थानीय परिकारले पनि पर्यटकलाई लोभ्याउने माध्यम बनको छ । घुम्न आउने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको बाघखोरमा व्यवसाय गर्दै आएका गणेश तामाङले जानकारी दिए । यो क्षेत्रको अझ विकास गर्नसके पर्यटकको सङ्ख्या बढ्ने तामाङको भनाइ छ ।

“सदरमुकामबाट छोटो दूरीमा पर्ने भएकाले यो ठाउँमा घुमघामको लागि धेरैको सङ्ख्यामा मानिस आउने गरेका छन”, उनले भने, “यहाँको मनोरम दृश्य र स्थानीय परिकारको स्वाद लिन मानिस आउने गर्दछन् ।” प्रायः भोजपुर आएका मानिस एक पटक सुन्तले बाघखोर आउने गरेको तामाङको भनाइ छ । पर्याप्त पूर्वाधार नभएको कारण धेरैको सङ्ख्यामा पर्यटको खण्डमा भने व्यवस्थापनामा कहिलेकाहीँ समस्या हुने गरेको तामाङको भनाइ छ ।

नगरपालिकाको सहयोगमा बाघखोरमा बुद्धको मूर्ति, बाघको मूर्ति निर्माण भएको छ । यो पनि यहाँको आकर्षणको केन्द्रको रुपमा रहेको छ । असोज महिनापछि पर्यटकको आवगमन अझ बढी हुने व्यवसायी तामाङले बताए ।

पर्यटकलाई लक्षित गरेर यहाँ धुपी, चाइनिज गुलाब, चाँप, लालीगुराँस लगायतका गरी एक हजार बिरुवा रोपिएको छ । त्यस्तै चिया खेती विस्तार गर्ने लक्ष्यसमेत रहेको तामाङको भनाइ छ । पुस, माघमा हुने हिमपातको मनोरम दृश्यावलोकन गर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । सदरमुकामको नजिकको पर्यटकीय क्षेत्र तथा उत्तरको व्यापारिक केन्द्र दिङ्ला बजार जोड्ने सडक यही क्षेत्रबाट गएकाले पर्यटकलाई पुग्न सहज रहेको छ ।

विगतमा पानी, विद्युत्् तथा सडकको समस्या भए पनि अहिले त्यस्तो समस्या नरहेको स्थानीय मचिन्द्र राईले बताए । बर्सातको समयमा भने कच्ची सडक भएको कारण आवतजावतमा केही समस्या हुने उनकोे भनाइ छ । सडकको स्तरोन्नोतिसँगै होमस्टे ९घर बास०सञ्चालनमा सरकारले सहयोग गरे टेवा पुग्ने राईले बताउनुभयो ।

“विगतमा यहाँ धेरै समस्या थिए”, राईले भन्नुभयो, “अहिले, पानी, विद्युत्, इन्टरनेट केहीको समस्या छैन । सरकारले सामूहिक होमस्टे सञ्चालनमा सहयोग गरे आउने पर्यटकलाई अझ सहज हुने थियो । घुम्न तथा वनभोज खान धेरै मानिस आउने गर्दछन् ।” देशभित्रका आन्तरिक पर्यटकको सङ्ख्या बढे पनि बाह्य पर्यटकको आवगमनलाई बढाउन सडक विस्तारसँगै पूर्वाधारको विकासमा जोड दिनुपर्ने स्थानीय सूर्य गोलेले बताए । पर्यटकलाई लक्षित गरेर भोजपुर, सुन्तले, साल्पापोखरी हुँदै सोलुसम्म सडक तथा पदमार्ग निर्माण गर्नसके बाह्य पर्यटक ल्याउन सहज हुने तामाङको भनाइ छ ।

“सुन्तले, बाघखोर पर्यटकको रोजाइमा पर्ने स्थान हुन, उनले भने, “भोजपुर आउने अधिकांश मानिस यहाँ पुगेर मात्र फर्केने गर्दछन् । सदरमुकाम नजिक रहेकाले मानिसलाई पुग्ने र फर्कन धेरै समयमा लाग्दैन ।” सुन्तलेमा २० र बाघखोरमा आठ घर स्थानीयको बसोबास रहेको छ । रासस

 

वि.सं.२०८० असोज ८ सोमवार १०:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

लताप,धादिङ । साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने...

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

साउन १ देखि पशुपति आर्यघाटको विद्युत् गृह निःशुल्क गरिने

साउन १ देखि पशुपति आर्यघाटको विद्युत् गृह निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि...

डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च...

जापानमा ९० लाख घर खाली

जापानमा ९० लाख घर खाली

टोकियो । जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९०...