back

जनकपुरधाममा छठका लागि चार करोडको केरा आयात

वि.सं.२०८० मंसिर १ शुक्रवार

564 

shares
RBB AD
NTC AD

धनुषा । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ ।

छठमा सिङ्गै केराको घरी भगवान्लाई अघ्र्यका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । उनका अनसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन ।

स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवको भनाइ थियो । “गत वर्ष रू पौने दुई करोडभन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो”, उनले भने, “यस वर्ष झन्डै ७० ट्रक केरा भित्र्याइएका छन् ।”

जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए ।

छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उनले बताए । “छठ मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५÷२० ट्रक बढी केरा मगाइएको छ”, उनले भने ।

समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रू छ लाख पर्ने उनले जानकारी दिए । बजारमा प्रत्येक केराको घरीलाई रू पाँच सयदेखि एक हजारसम्ममा बिक्री गरिन्छ ।

नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।
रासस /फाइल फोटो

वि.सं.२०८० मंसिर १ शुक्रवार १२:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेट

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गर्नुभएको...

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै, वायुगुणस्तर सूचकाङ्क ५६

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै, वायुगुणस्तर सूचकाङ्क ५६

काठमाडौँ । काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज विश्वकै ५०...

बेल्जियममा रहेका कलाकार तथा पत्रकार केसीको निधन

बेल्जियममा रहेका कलाकार तथा पत्रकार केसीको निधन

बेल्जियम। बेल्जियममा रहेका कलाकार तथा पत्रकार उज्ज्वल केसीको हृदयघातबाट निधन...

नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै महानगर

नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही सहकारीले...

दाउरा संकलन गर्न गएका थारुको खोलाले बगाएर मृत्यु

दाउरा संकलन गर्न गएका थारुको खोलाले बगाएर मृत्यु

चन्द्रौटा (कपिलवस्तु) । वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको...

नियमित रुपमा विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै महानगर

नियमित रुपमा विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही सहकारीले...