back

यस्तो पो ठोकाठोक

वि.सं.२०७४ वैशाख १६ शनिवार

138 

shares
RBB AD
NTC AD

कोराकोर, गोदागोद र पोलापोल जस्तै माने पनि हुन्छ, नमान्दा पनि केही हुन्न पाठकबृन्द । अहिले प्रसंग ठोकाठोकको छ । ठोकाठोकलाई कुन अर्थमा कसरी जोड्ने हो, त्यो आफ्नो विवेकले ठम्याउने पनि हो । गैरआवासीय नेपाली संघ ‘हे–नारन’ का शउतीसाली ! महासचिव डाउटर बदरी केसी र संघकी महिला संयोजक सपिला म्याडमवीच यसअघि कहाँ कहाँ, कतिबेला कसरी ठोक ठाक भयो, कर्केनजरलाई थाहा छैन पाठकबृन्द ।
तर असाध्यै नजिकका मानिने यी दुई पात्र भने उद्योग बाणिज्यले ठाउँ दिएर हे नारनले राखेको कार्यालय अर्थात सार्वजनिक ठाउँमै ठोकठाकमाउ उत्रिए रे पाठकबृन्द । उनीहरु ख्याल ठट्टाका लागि ठोकाठोक गरे वा बोल्ने ढंगमा चिप्लीएर गरे त्यो कुरो देवपत्तन देखि बग्दै आएर टेकु हुँदै दक्षिण हुइकिएकी वाग्मतीले पनि ठम्याएकी छैनन् रे । ८ मार्चको पूर्वसन्ध्यामा महिलाहरुको भलोको लागि राखिएको एक कार्यक्रममै त्यस्तो भएको हो रे पाठकबृन्द ।
“आफ्ना श्रीमानहरुलाई १ बोतल वियर नखाउ, हे नारनको यो महिला परीयोजनामा सहयोग गर’ भनेर हाम्रा म्याडमहरुले संकलन गर्नु भएको भन्दै जव रजनी र सपीलाहरुको प्रशंसामा डाउटरले के बोली फुटालेका थिए, ‘टेस्टो होइन,आफ्नै कमाइले हो’ भन्दै हिसीला झै सपिला जंगिएकी थिइन् रे पाठकबृन्द । मुन्छेहरुले रमाइलै माने रे त्यहाँ, ठोकठाक यस्तो पो भएछ । डाउटरको यस्तो कुराले कर्केनजर पनि सोचमग्न भयो, के एनआरएनएका महिलाहरुले आफ्नो वर्गको हितको लागि आफूले कमाएको केही पैसा खर्च गर्न सक्तैनन् र ?

वि.सं.२०७४ वैशाख १६ शनिवार ०७:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
संसारभरीका नेपालीभाषीलाई नेपालसँग जोड्न उपपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संसारभरीका नेपालीभाषीलाई नेपालसँग जोड्न उपपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

ललितपुर डढेलोमा परेका अर्का घाइतेको पनि मृत्यु

ललितपुर डढेलोमा परेका अर्का घाइतेको पनि मृत्यु

पाटन (ललितपुर) । गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको...

महानगरले काट्यो एलओडी र दोहोरी साझ लगायतलाई चेतावनीसहितको पत्र

महानगरले काट्यो एलओडी र दोहोरी साझ लगायतलाई चेतावनीसहितको पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा मनोरन्जन क्षेत्रमा संचालित दोहोरी साँझ,...

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति...

डिजेल र मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो

डिजेल र मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...