back

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

वि.सं.२०८० चैत २७ मंगलवार

816 

shares
RBB AD
NTC AD

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु भएको छ ।

भारतीय समाचार ऐजेन्सीहरुका अनुसार सोमबार राति नेपाली कामदार चढेको उक्त जिप दुर्घटनामा ६० वर्षीय गोपाल, ५५ वर्षीय उदयराम चौधरी ५० वर्षीय शिवराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी र ३८ वर्षीय विनोद चौधरी रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

कामबाट नेपाली श्रमिक बोकेर घर फर्किंदै गरेको उक्त जिप झण्डै दुईसय मिटर तल खसेको थियो । उक्त दुर्घटनामा एक भारतीय नागरिकको पनि मृत्यु भएको र छोटु चौधरी र जनक भन्ने घाईते रहेको जनाइएको छ ।

मृतकहरुको नेपालको ठेगाना भने पत्ता लागिसकेको छैन । जिप चालक ३८ वर्षीय हरिशरामले अनियन्त्रित भएका कारण जिप भीरबाट खसेको बयान दिएका छन् ।

 

 

 

 

वि.सं.२०८० चैत २७ मंगलवार १३:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

नवलपरासी । शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी (बर्दघाट सुस्तापूर्व)...

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

काठमाडौँ । गुल्मीको रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउन...

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

पाटन (ललितपुर) । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा...

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा...

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेनसन काउन्टर सन्चालनमा...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको...