back

तोरीखेतीतर्फ किसान आकर्षित

वि.सं.२०८० चैत २८ बुधवार

324 

shares
RBB AD
NTC AD

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष दुई हजार नौ सय ७१ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा यस वर्ष दुई हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा सो उत्पादन भएको हो ।

जिल्लामा गत वर्षदेखि तोरीखेतीतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा सुधार आएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए । उत्पादन भएको तेलहन बालीमध्ये तोरी एक हजार दुई सय ८३ मेट्रिक टन रहेको छ भने सर्सिउँ एक हजार छ सय ८८ मेट्रिक टन रहेको प्रमुख तिवारीले बताए ।

“गत वर्ष जिल्लामा दुई हजार चार सय ३३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा दुई हजार नौ सय २० मेट्रिक टन तोरी उत्पादन भएको छ”, उनले भने, “यसमध्ये तोरी एक हजार दुई सय ८५ मेट्रिक टन र सर्सिउँ एक हजार छ सय ३५ मेट्रिक टन रहेको छ ।”

बर्दघाट सुस्तापूर्वमा गत आवर्ष २०७९/८० मा भन्दा यस वर्ष तोरीखेती गर्ने क्षेत्रफल १० हेक्टर र उत्पादन ५१ मेट्रिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि बालीविज्ञ सञ्जय ढकालले बताए । “दुई वर्षको तथ्याङ्कलाई हेर्दा तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढेको देखिन्छ”, उनले भने, “जिल्लामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको छ ।”

अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने भएकाले जिल्लाका किसान तोरीखेतीमा आकर्षित भएको कृषि बालीविज्ञ ढकालले बतए । “तोरी लगाउन पनि सजिलो भएकाले जिल्लामा तोरीखेती फस्टाएको हो”, उनले भने, “ किसानले उत्पादनको उचित मूल्य पनि पाएका छन् ।”

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा तोरीखेती हुँदै आएको छ ।
रासस /फाइल फोटो

वि.सं.२०८० चैत २८ बुधवार ११:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

नवलपरासी । शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी (बर्दघाट सुस्तापूर्व)...

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

काठमाडौँ । गुल्मीको रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउन...

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

पाटन (ललितपुर) । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा...

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा...

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेनसन काउन्टर सन्चालनमा...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको...