back

पालिकाभरीका किसानको पहिचान गरेर परिचय पत्र वितरण गरिने

वि.सं.२०८० चैत २९ बिहीवार

333 

shares
RBB AD
NTC AD

गलेश्वर (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानलाई परिचयपत्र वितरण गर्न शुद्धीकरण अभियान सुरू गरेको छ । गाउँपालिकामा सञ्चालित किसान सूचीकरण कार्यक्रमअन्तर्गत सहजकर्ता छनोट गरी उनीहरुलाई तालिम दिइएको हो ।

किसानलाई कृषि पेसामा प्रोत्साहन गर्ने, अनुदान, सहयोग तथा अन्य सेवासुविधालाई कृषकमैत्री बनाउने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत गाउँपालिकाका आठवटै वडाका तीन हजार छ सय घरधुरीमा पुगेर सहजकर्ताले विवरण सङ्कलन गरेपछि वडा कार्यालयले प्रमाणीकरण गरेसँगै परिचयपत्र वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । “कृषकको पहिचान आवश्यक छ, अब परिचयपत्र पाएका कृषकलाई मात्रै अनुदान वितरण गरिनेछ”, उनले भने ।

गाउँपालिकाले बुधबार कृषकको पहिचानका लागि छनोट भएका सहजकर्तालाई तालिम दिएर पालिकाभित्रका सबै घरधुरीमा स्थलगत तथ्याङ्क सङ्कलनका लागि परिचालन गरेको छ ।

तालिमका अवसरमा गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुनले सूचीकरण अभियानले व्यावसायिक कृषकको पहिचान गरी कृषिलाई व्यावसायिक गर्न सघाउने बताए । “कृषिकर्ममा लागेकाको वास्तविक तथ्याङ्क आउँदा आगामी दिनमा कार्यक्रम बनाउन सहज हुन्छ, एक जना पनि कृषक नछुट्ने गरी तथ्याङ्क ल्याउने गरी सहजकर्ता परिचालन गरेका छौँ”, उनले भने ।

कृषकलाई उत्साहित गर्न उन्नत बीउबिजन, सिँचाइ, सिँचाइ, प्रविधि हस्तान्तरण, मलखाद एवं किसान बजार व्यवस्थापन प्रोत्साहनका लागि सघाउने गाउँपालिकाले जनाएको छ । सरकारको मापदण्डमा आठ आना वा सोभन्दा बढी जग्गामा कृषि गर्नेलाई सूचीकरण गरी किसान परिचयपत्र लिनुपर्ने प्रावधान रहेको छ ।

सहजकर्तालाई गाउँपालिकाकी कृषि शाखा प्रमुख कृति आचार्यले सहजीकरण गरेका थिए । सहजकर्ताको तथ्याङ्कलाई वडा कार्यालयबाट प्रमाणीकरण भएपछि चालु आवमै परिचयपत्र वितरण गर्ने तयारीमा रहेको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । किसान भएर पनि परिचयपत्र नपाउँदा पहिचानविहीन बनेका किसानले परिचयपत्रको माग गर्दै आइरहेका छन् । file photo

 

वि.सं.२०८० चैत २९ बिहीवार १८:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

नवलपरासी । शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी (बर्दघाट सुस्तापूर्व)...

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

काठमाडौँ । गुल्मीको रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउन...

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

पाटन (ललितपुर) । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा...

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा...

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेनसन काउन्टर सन्चालनमा...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको...